२०८२ फाल्गुन १९
नेपाली समय

आशीष शर्मा प्रति युवाको भरोसा: परिवर्तनको संकेत

२०८२ फाल्गुन १४, बिहीबार ००:१४

कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवार आशीष शर्मा प्रति युवाको लहर: “वाचा होइन, काम चाहिन्छ”
कपिलवस्तु क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारका रूपमा उभिएका आशीष शर्मा घरदैलो अभियानमार्फत गाउँ–टोलमा पुग्दै जनतासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। अभियानका क्रममा उनले बेरोजगारी, युवाको पलायन, अवसरको अभाव र स्थानीय विकासका अधुरा कामहरूलाई नजिकबाट बुझ्ने प्रयास गरेका छन्। स्थानीय बासिन्दाको दुख–मर्म सुन्दै उनले विकास र रोजगारीलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
युवापुस्तामा परिवर्तनको अपेक्षा प्रस्ट देखिन्छ। कतिपय युवाले उनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सँग तुलना गर्दै “नेक्स्ट बालेन” भन्ने अभिव्यक्ति समेत प्रयोग गर्न थालेका छन्। ठूला दलका उम्मेदवारहरूसँग प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएका कारण निर्वाचन क्षेत्रको माहोल दिनप्रतिदिन तातिँदै गएको छ।
समर्थक युवाहरूको भनाइ छ, “वर्षौंदेखि विभिन्न दललाई मत दियौँ, नेतृत्व फेरियो, तर जीवनस्तरमा ठोस परिवर्तन देखिएन। यसपटक हामी स्वतन्त्र विकल्प रोज्दैछौँ।” उनीहरूले मासु–भातजस्ता क्षणिक प्रलोभनभन्दा दीर्घकालीन विकास, स्वरोजगार, सीप विकास र अवसर सिर्जनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

Advertisement 1


घरदैलोका क्रममा युवाहरूले शर्मालाई स्पष्ट सन्देश दिएका छन्: “हामी आशा र विश्वासका साथ तपाईंको पक्षमा उभिएका छौँ, यो भरोसा नतोड्नुहोस्।” उनीहरूको अपेक्षा छ—निर्वाचित भएपछि जनतालाई दाजुभाइ, दिदीबहिनीसरह व्यवहार गर्दै प्रत्यक्ष संवादलाई निरन्तरता दिइयोस्, युवाको आवाजलाई प्राथमिकता दिइयोस्।


शर्माले पनि युवामैत्री एजेन्डा अघि सार्दै रोजगार र स्वरोजगारका कार्यक्रम ल्याउने, परिणाममुखी काम गर्ने र जनतासँग निरन्तर सम्पर्कमा रहने प्रतिबद्धता जनाएका छन्। यही प्रतिबद्धता र युवाहरूको सक्रिय साथका कारण क्षेत्रमा नयाँ राजनीतिक ऊर्जा देखिएको विश्लेषण भइरहेको छ।
अब अन्तिम निर्णय मतदाताको हातमा छ। युवाहरूको माग भने स्पष्ट छ—वाचा होइन, व्यवहारमा देखिने काम।

धेरै पढिएको

सम्बन्धित समाचार