२०८२ फाल्गुन १९
नेपाली समय

दक्षिणी क्षेत्रमा जिपको दबदबा

२०८२ फाल्गुन १८, सोमबार ०९:२०

शुद्धोधनमा स्वतन्त्र उम्मेदवार आशिष शर्माको शक्ति प्रदर्शन

Advertisement 1

जिप चिन्हका पक्षमा हजारौँ समर्थक उर्लिए, युवाको नारा घन्कियो

कपिलवस्तु क्षेत्र नम्बर १ अन्तर्गत दक्षिणी क्षेत्र शुद्धोधन गाउँपालिका मा स्वतन्त्र उम्मेदवार आशिष शर्मा को घरदैलो अभियान उत्साहजनक रूपमा सम्पन्न भएको छ। चुनाव चिन्ह जिप को प ् रचारका क ् क्रममा टोल–टोलबाट जनसागर उर्लिएको देखिएको थियो।

Advertisement 2

अभियानमा करिब 1000 भन्दा बढी मोटरसाइकल र 50 भन्दा बढी कार सहभागी भएका थिए। गाउँका मुख्य सडकदेखि भित्री बस्तीहरू सम्म चुनावी माहोल तताएको थियो। घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै शर्माले विकास, रोजगारी र स्थानीय समस्याको समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

सोही क्रममा शुद्धोधन गाउँपालिका वडा नं. ६ मा रहेको मन्दिर अगाडि आयोजित छोटो मन्तव्य कार्यक्रममा उनले जनताको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए। कार्यक्रममा उपस्थित युवाहरूले “जिप छाप जिन्दाबाद” र “आशिष भैया जिन्दाबाद” भन्दै नाराबाजी गरेका थिए।

Advertisement 3

स्थानीयवासीका अनुसार, स्वतन्त्र उम्मेदवारको रूपमा शर्माको अभियानले यसपटक क्षेत्र नम्बर १ को चुनावी समीकरणलाई नयाँ मोड दिन सक्ने संकेत देखिएको छ। टोल–टोलमा देखिएको उत्साह र सहभागिताले दक्षिणी क्षेत्रको राजनीतिक तापक्रम बढाएको विश्लेषकहरू बताउँछन्।

धेरै पढिएको

सम्बन्धित समाचार