
Advertisement 1
रुपन्देही/प्रतिनिधि सभा निर्वाचन–२०८२ अन्तर्गत मिति २०८२ फागुन १८ गते सोमबार राति १२:०० बजेदेखि मौन अवधि सुरु हुने भएकाले सम्बन्धित सबै पक्षलाई निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न अनुरोध गरिएको छ।
निर्वाचन आचारसंहिता, २०८२ बमोजिम फागुन १८ गते सोमबार राति १२:०० बजेदेखि लागू हुने गरी मौन अवधि सुरु हुने जनाइएको छ। मौन अवधि प्रारम्भ भएसँगै कुनै पनि प्रकारका निर्वाचन प्रचार–प्रसार तथा मत माग्ने गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ।
Advertisement 2
आचारसंहिताअनुसार निर्वाचन प्रचार–प्रसारसँग सम्बन्धित कुनै पनि छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायतका कार्यक्रम गर्न पाइने छैन। यसका साथै मतदान हुने दिनभन्दा ४८ घण्टा अगाडि मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, मौन अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार–प्रसार गर्न नपाइने स्पष्ट पारिएको छ। सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना, प्रचार सामग्री पोस्ट वा शेयर गर्न, गराउन तथा प्रतिक्रिया दिन समेत निषेध गरिएको छ।
Advertisement 3
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन मौन अवधिको पूर्ण पालना गर्न सरोकारवाला सबै पक्षसँग आग्रह गरिएको छ। आचारसंहिता उल्लङ्घन गर्ने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।



प्रतिक्रिया दिनुहोस्