कपिलवस्तु — जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले महाराजगञ्ज नगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। मन्दिर तोडफोडको घटनापछि स्थिति संवेदनशील बन्दै गएपछि प्रशासनले तत्काल कदम चालेको हो।
प्रमुख जिल्ला अधिकारी भविष्वर घिमिरे द्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम चैत ७ गते दिउँसो २:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ।
निषेधाज्ञा अवधिमा महाराजगञ्ज नगरपालिका क्षेत्रभित्र कुनै पनि किसिमका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। आदेश उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।
निषेधाज्ञा लागू गरिएको क्षेत्र:
पूर्व: बर्डी पुल
पश्चिम: बहादुरगञ्ज चोक
उत्तर: महाराजगञ्ज बजार
दक्षिण: हर्दौना
यसैबीच, स्थानीय स्तरमा भएको मन्दिर तोडफोडको घटना प्रति सर्वत्र निन्दा भइरहेको छ। सरोकारवालाहरूले घटनालाई ठूलो रूप लिन नदिन प्रशासनले शीघ्र छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्।
प्रशासनले सबै पक्षलाई संयमता अपनाउन र अफवाहमा नलाग्न अपिल गरेको छ।
Skip This
महराजगञ्जमा निषेधाज्ञा जारी: मन्दिर तोडफोड घटनापछि सुरक्षा कडा


प्रतिक्रिया दिनुहोस्