२०८३ बैशाख ४
नेपाली समय

Author: dhurba satya khabar

मतृ जन्म र नवजात शिशु लुम्बिनी प्रदेश दोस्रोमा कपिलबस्तु

२०८० मंसिर १६, शनिबार १३:४४

 

मंसिर १६

कपिलबस्तु , गुलाम अली

कपिलबस्तु जिल्लामा मतृ जन्म र नवजात शिशु लुम्बिनी प्रदेशमा दोस्रोमा सबैभन्दा बढी कपिलबस्तु रहेको छ ।

२०७९÷८० को जनगणना अनुसार कपिलबस्तुमा १ लाख बच्चा जन्मदिता २३१ को आमाहरु मरेको तथ्याङले देखाएको छ , सबैभन्दा बढी लुम्बिनी प्रदेशमा बाकेमा ३८० , दोस्रो कपिलबस्तु २३१ , तेस्रोमा बार्दिया छ सबैभन्दा कम बच्चा जन्माउदा आमा मरेको पूर्व रुकमा १११ रहेको तथ्याङले कपिलबस्तु जिल्लाको स्वास्थ्य प्रणली छलफल एउम मतृ शिशु सुट्टटिढकरणको लागि बहुपक्षिय छलफलमा जिल्ला समन्वय समितिको सहयोगमा हाड इन्टरनेसनेल समन्वयमा छलफल कार्याक्रममा बताईएको छ । 

लुम्बिनी प्रदेश मध्ये सबैभन्दा एनजीओ आएनजीयोले सहयोग गरेको जिल्ला कपिलबस्तु भए पनि मतृ जन्म र नवजात शिशु मरेको दुखत कुरा भएको प्रदेश स्वास्थय मन्त्रालको सचिव बिकास देवकोटाको भनाई छ ।

त्यस्तै कपिलबस्त जिल्लाको दशै स्थानीयतह मध्ये १ लाख बच्चा जन्मदिदा आमा मरेको शिवराज नगरपालिकामा ५७८ छ भने ,दोस्रोमा यशोधरा गाउँगालिकामा ३५६, मायादेबीमा २८१ ,कपिलबस्तु नगरपालिकामा १८२ , बाणगंगा१५३, महराजगंज नगरपालिकामा ८१ भने कृष्णनगरमा ७७ त्यस्तै न्यून बिजयनगर गाँउपालिकामा रहेको जनगणनाको तथ्याङले देखाएको छ ।

गर्भवति भए पछि २०७९÷८० को प्रोटोकल अनुसार ८ पटक जाँच गराउनु पर्छ जनस्वास्थ्य कार्यालयको प्रोटकल छ समयमा चेक जाँच नगरए पछि आमाहरुको मुत्यु भएको चिकित्सकको भनाई छ ।

८ पटक चेक गरर्नैमा कपिलबस्तु जिल्लामा दशस्थानीय तह मध्ये सबैभन्दा बढी बाणगंगा नगरपालिकामा ३९.६ प्रतिशतले जाचँ गराएको छन भने सबै कम बिजगनगर गाँउपालिकामा ५.४ प्रतिशतले मात्र चेक गराएको २०७९÷८० जनगठनाको तथ्याङले देखाएको छ ।

धेरै पढिएको

सम्बन्धित समाचार