Skip to content
- कपिलबस्तु नगरपालिका वार्ड नं. ३ का वडा अध्यक्षका उमेदवार प्रकाश गैरेका कार्यक्रार्ताहरुले आज दिउँसै घर घर र गाउँ गाउँमा रक्सी बाँडदै गर्दा समातिएका छन् । उनीहरु कपिलवस्तु नगरपालिकाको वार्ड नं. ३ सानो बरगदवा गाउँमा स्टार रक्सीको पेटी बाड्दा समातिएका हुन । रक्सी बाँड्दा गाउँका अन्य सर्बसाधारणले समातेर प्रहरी लाई जानकारी दिएका थिए । रक्सी समातिएको जानकारी पाउँदै जनता समाजवादी पार्टी र लोक तान्त्रिक समाजवादी पार्टी लगायतका पार्टी कार्यक्रर्ताहरु त्यहाँ पुगेका थिए ।
लु.१.ज. २४१० नं. को भ्यानमा स्टार लेखेको रक्सीका पैकिंग पेटीहरु भएिका थिए । गाडी सहितको रक्सी र मान्छे लाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रण संगै अन्य अनुसंधान प्रकृयालाई प्रहरीले अगाडी बढाएको छ । निर्वाचन अचार संहिताको ठाढो उल्लघन गरिरहेको पुर्ब वाडा अध्यक्ष पनि भईसकेका र अहिेलेका उमेदवार प्रकाश गैरे लाई सर्ब साधारणले कार्यवाहीको माग गरेका छन् ।रेडियाे कपिलवस्तु बाट साभार
प्रतिक्रिया दिनुहोस्