२०८३ बैशाख ८
नेपाली समय

Author: dhurba satya khabar

युवा व्यवसायी, नेता गिरि वडा अध्यक्षका दरिला खम्बा 

२०७८ चैत्र २९, मंगलवार १०:४६

 

आगामी वैसाख ३० गते हुने स्थानीय तह निर्वाचनको सरगर्मी बढिरहेको छ । अहिले दलहरु उम्मेदवारहरुको खोजीमा छन् ।

युवा नेता तथा व्यवसायी कृष्ण गिरि चुनावी मैदानमा उत्रिने भएका छन् । वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा उनी बुद्धभूमि नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षका आकांक्षी हुन् । नेपाली कांग्रेसबाट उनि वडा अध्यक्षको आकांक्षी भएको बताए । अबको आवश्यकता युवाको भएको र युवामा नयाँ सोच जागर र क्षमता हुने हुदा आफुले वडा अध्यक्षमा आकांक्षा देखाएको बताए। गिरि वडा अध्यक्षका दरिला खम्बा भएको स्थानिएको भनाई छ। नेपालि कांग्रेस बुद्द्भुमी नगर सचिव समेत रहेका गिरि युवा व्यवसायी समेत हुन्। पछि परेका नागरिकलाई आफ्नो हक अधिकारको लागि बोल्नसक्ने बनाउने र जति पनि बाँच्नका लागि आवश्यक चिज छन् । ती सहज र सहल रुपमा उपलब्ध गराउने उद्देश्य’ रहेको गिरीले बताए। ‘नगरपालिकाको विकास, कृषि उत्पादनमा जोड, खानेपानीको ब्यवस्थापन, मोटरबाटो, शिक्षा लगायत काम गर्छु ।’ साथै शिक्षा स्वास्थ्य र पर्यटनमा विशेष जोड रहने गिरीको भनाई छ। आफुले वडाअध्यक्ष जिते सरकारबाट पाउने सेवा सुविधा समेत जनतामा समर्पित गर्ने गिरिले प्रतिबद्धता ब्यक्त गरे ।

धेरै पढिएको

सम्बन्धित समाचार