समाचार:✍️राजन पांडेय
लुम्बिनी प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालय ले चैते दशैंको अवसर पारेर प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मन्त्रालयद्वारा जारी सूचनाअनुसार चैते दशैं (शुक्ल अष्टमी) को दिन, अर्थात् २०८२ चैत १२ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। प्रदेश राजपत्रमा प्रकाशित सूचना बमोजिम उक्त दिन सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू बन्द रहने जनाइएको छ।
राप्ती उपत्यका (देउखुरी) बाट जारी सूचनामा सम्बन्धित सबै निकायलाई जानकारीका लागि यो निर्णय सार्वजनिक गरिएको उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्