कपिलवस्तु। कपिलवस्तु नगरपालिका वडा नं. २ को लम्तिया क्षेत्रमा लामो समयदेखि हिलोका कारण सर्वसाधारणलाई आवतजावत गर्न निकै सास्ती भइरहेको अवस्थामा एक समाजसेवी तथा युवा नेता अमरदीप कसौधन ले आफ्नै व्यक्तिगत खर्चमा सडक मर्मत गरिदिएपछि स्थानीयवासीले उहाँको खुलेर प्रशंसा गरेका छन्।
स्थानीयका अनुसार वर्षायाम सुरु भएदेखि सडक हिलोले भरिएर पैदल हिँड्नसमेत कठिन भएको थियो। समस्या समाधानका लागि वडा अध्यक्षसँग पटकपटक आग्रह गरिए पनि लामो समयसम्म कुनै ठोस पहल नभएको उनीहरूको भनाइ छ। त्यसपछि अमरदीप कसौधनले कुनै पद, प्रतिष्ठा वा राजनीतिक स्वार्थको अपेक्षा नगरी आफ्नै रकम, समय र श्रम लगाएर सडक मर्मत गरिदिएका हुन्।
Advertisement 1
स्थानीयवासीले डिएसके मिडियासँग प्रतिक्रिया दिँदै भने, “साँचो नेतृत्व पदले होइन, कर्मले चिनिन्छ। जनताको दुःखमा साथ दिने व्यक्ति नै हाम्रो वास्तविक नेता हो।”
उनीहरूका अनुसार अमरदीप कसौधनले समाजप्रति देखाएको संवेदनशीलता, सेवाभाव र सक्रियताले सबै युवाका लागि प्रेरणा दिएको छ। “हरेक गाउँ, हरेक वडा र हरेक नगरपालिकामा यस्तै कर्मठ र सेवाभावी युवा भए विकासले गति लिने थियो,” स्थानीयको भनाइ छ।
Advertisement 2
लम्तियाका बासिन्दाले भविष्यमा पनि यस्तै सोच भएका युवाले नेतृत्वमा आउनुपर्ने धारणा व्यक्त गरेका छन्। केही स्थानीयले अमरदीप कसौधनलाई कपिलवस्तु नगरपालिकाको भावी मेयरका रूपमा समेत हेर्न थालेको बताउँदै, यदि उहाँले उम्मेदवारी दिनुभयो भने विकास र जनसेवाले नयाँ दिशा पाउने विश्वास व्यक्त गरेका छन्। यो धारणा स्थानीयवासीको व्यक्तिगत मत रहेको उनीहरूले स्पष्ट पारेका छन्।
स्थानीयका अनुसार अमरदीप कसौधन कुनै प्रचारको खोजीमा नभई समाजसेवालाई आफ्नो जिम्मेवारी ठानेर निरन्तर काम गरिरहेका व्यक्ति हुन्। उहाँको सकारात्मक छवि, इमानदार व्यवहार र जनमुखी सोचका कारण स्थानीयबासीमा विश्वास र सम्मान बढ्दै गएको उनीहरूको भनाइ छ।
Advertisement 3
लम्तियाका स्थानीयवासीले अमरदीप कसौधनप्रति हार्दिक कृतज्ञता, धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दै उहाँको सामाजिक सेवायात्रा अझ प्रभावकारी, सफल र निरन्तर अगाडि बढोस् भन्ने शुभकामना दिएका छन्।
यद्यपि, सडक मर्मतका विषयमा वडा अध्यक्ष वा कपिलवस्तु नगरपालिकाको आधिकारिक धारणा भने प्राप्त हुन सकेको छैन।



प्रतिक्रिया दिनुहोस्