मायादेवी गाउँपालिकाका पूर्व अध्यक्ष बजरंगी प्रसाद चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ। जिप चुनाव चिह्नको समर्थन गर्दै आउनुभएका चौधरी आज ‘घण्टी’ चुनाव चिह्न बोकेको रास्वपामा प्रवेश गर्नुभएको हो।
आम जनताको भनाइअनुसार, चौधरी आफू मात्रै नभई करिब १० जना आफ्ना समर्थक तथा सहकर्मीसहित रास्वपामा प्रवेश गर्नुभएको बताइएको छ। उहाँले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आफ्नो टिमलाई समेत समेटेर अघि बढ्ने तयारी गर्नुभएको चर्चा स्थानीयस्तरमा छ।
Advertisement 1
मायादेवी गाउँपालिकाको स्थानीय राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका चौधरीको रास्वपा प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। उहाँको प्रवेशसँगै आगामी स्थानीय निर्वाचनमा मायादेवी गाउँपालिकाको राजनीतिक समीकरणमा समेत केही परिवर्तन आउन सक्ने स्थानीयस्तरमा चर्चा हुन थालेको छ।
चौधरीले आगामी दिनमा आफ्नो टिमसहित जनताको माझमा जाने र स्थानीय जनताका समस्या तथा आवश्यकतालाई प्राथमिकतामा राखेर राजनीतिक गतिविधि अघि बढाउने अपेक्षा गरिएको छ। आगामी निर्वाचनमा उहाँको टिम कुन स्वरूपमा मैदानमा उत्रिन्छ भन्ने विषय भने समयसँगै स्पष्ट हुँदै जानेछ।
Advertisement 2
जिप समर्थकका रूपमा रहँदै आउनुभएका चौधरीको ‘घण्टी’मा प्रवेशलाई कतिपयले उहाँको राजनीतिक यात्राको नयाँ मोडका रूपमा हेरेका छन्। अब नयाँ राजनीतिक दल र नयाँ टिमसहित उहाँ जनताको माझमा कसरी प्रस्तुत हुनुहुन्छ र आगामी निर्वाचनमा त्यसको प्रभाव कस्तो पर्छ भन्ने विषयमा स्थानीयको चासो बढेको छ।
चौधरीको रास्वपा प्रवेशसँगै मायादेवी गाउँपालिकाको आगामी स्थानीय निर्वाचन थप रोचक बन्ने संकेत देखिएको छ।



प्रतिक्रिया दिनुहोस्
Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258