२०८३ श्रावण १६
नेपाली समय

महाराजगञ्ज–१ मा नयाँ नेतृत्वको खोजी: वडा अध्यक्षका उम्मेदवार दीपक द्विवेदीप्रति बढ्दो जनविश्वास

२०८३ श्रावण १६, शनिबार २०:१६

कपिलवस्तु | विशेष प्रतिनिधि

Advertisement 1

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर १ मा स्थानीय निर्वाचन नजिकिँदै जाँदा वडा अध्यक्ष पदका उम्मेदवार इन्जिनियर तथा सञ्चार उद्यमी दीपक द्विवेदीप्रति स्थानीय नागरिकहरूको चासो र समर्थन बढ्दै गएको देखिएको छ। विकासमुखी सोच, प्राविधिक दक्षता, सामाजिक सक्रियता र जनसेवाप्रतिको प्रतिबद्धताका कारण उहाँलाई सक्षम नेतृत्वका रूपमा हेरिएको स्थानीयहरूको भनाइ छ।

पेशाले इन्जिनियर रहेका द्विवेदी शिक्षण र सञ्चार क्षेत्रमा पनि परिचित व्यक्तित्व हुन्। सञ्चारमाध्यममार्फत सामाजिक विकृति, विसंगति तथा जनसरोकारका विषयलाई निरन्तर उठाउँदै आउनुभएका उहाँ विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। स्थानीयका अनुसार मिडिया, शिक्षा र प्राविधिक क्षेत्रमा उहाँले पुर्‍याएको योगदानले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

Advertisement 2

पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

स्थानीय विकासका आधारभूत पक्षका रूपमा सडक, ढल, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको द्विवेदीको धारणा रहेको बताइन्छ। स्थानीय नागरिकहरूका अनुसार प्राविधिक अनुभव र विकासप्रतिको स्पष्ट दृष्टिकोणका कारण उहाँले वडा नम्बर १ को समग्र विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने विश्वास बढ्दै गएको छ।

Advertisement 3

एक स्थानीय बुद्धिजीवीका अनुसार, “दीपक द्विवेदी अध्ययनशील, सामाजिक उत्तरदायित्व बोकेका र जनसरोकारका विषयमा निरन्तर सक्रिय व्यक्ति हुन्। पूर्वाधार, शिक्षा र स्वास्थ्यजस्ता महत्वपूर्ण क्षेत्रमा उहाँको सोच र योजनाले स्थानीय नागरिकमा आशा जगाएको छ।”

स्थानीयस्तरमा बढ्दो जनसमर्थन

वडा नम्बर १ का युवा, बुद्धिजीवी तथा सर्वसाधारणबीच सक्षम, इमानदार र विकासमुखी नेतृत्वको आवश्यकता रहेको चर्चा भइरहेका बेला दीपक द्विवेदीप्रति जनविश्वास बढ्दै गएको स्थानीयहरू बताउँछन्।

स्थानीयहरूको विश्वास छ कि प्राविधिक ज्ञान, सञ्चार क्षेत्रको अनुभव, सामाजिक सक्रियता र जनतासँगको निरन्तर सम्पर्कका कारण उहाँले वडाको विकास, सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सक्नेछन्।

निर्वाचनको माहोलसँगै वडा नम्बर १ मा विकास, पारदर्शिता र उत्तरदायी नेतृत्वको बहस तीव्र बन्दै गएको छ। यिनै विषयलाई केन्द्रमा राख्दै दीपक द्विवेदीको उम्मेदवारी स्थानीय तहमा चर्चाको विषय बनेको देखिन्छ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125