आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै समाजसेवी, सूचना प्रविधि विज्ञ तथा युवा नेता दिनेश जयसवाल जनतामाझ विकास, सुशासन र सेवाको स्पष्ट प्रतिबद्धतासहित अघि बढेका छन्।
Advertisement 1
काठमाडौंमा बसोबास गरे पनि आफ्नो जन्मभूमि र नगरप्रतिको जिम्मेवारीलाई सधैं पहिलो प्राथमिकतामा राख्दै आएका जयसवालले वर्षौंदेखि शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, कृषि तथा समाजसेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। विदेशमा समस्यामा परेका युवाहरूको उद्धारदेखि लिएर क्यान्सर तथा मुटुरोगीहरूको उपचारमा सहजीकरण, सरकारी निकायमा जनताका काममा समन्वय तथा विदेश जाने युवाहरूलाई आवश्यक कागजी प्रक्रिया मिलाउन सहयोग गर्दै उनी निरन्तर जनताको सेवामा समर्पित रहँदै आएका छन्।
सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका जयसवालले विभिन्न विदेशी कम्पनीमा सफ्टवेयर इन्जिनियर तथा प्रोजेक्ट म्यानेजरका रूपमा काम गरेका छन्। सन् २०१८ मा काठमाडौंमा आफ्नै सफ्टवेयर कम्पनी स्थापना गरी सरकारी तथा गैरसरकारी संस्थाहरूलाई सेवा प्रदान गर्दै आएका छन्। साइबर सुरक्षा, वेब तथा मोबाइल एप विकास, कृत्रिम बुद्धिमत्ता (AI) र सूचना प्रविधिमा उनको विशेष दक्षता रहेको छ।
Advertisement 2
कृषि क्षेत्रको विकासका लागि यूएसएआईडी अन्तर्गत किसान परियोजना ल्याई किसानहरूलाई तालिम, कृषि उपकरण तथा आधुनिक प्रविधि उपलब्ध गराउन पनि उनले नेतृत्वदायी भूमिका खेलेका छन्।
राजनीतिक रूपमा नेकपा (एमाले) सँग आबद्ध जयसवाल राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य तथा नेकपा एमाले विशेष प्रदेश आईटी विभाग प्रमुखको जिम्मेवारीमा रहेका छन्। समाजसेवा र विकासप्रतिको उनको निरन्तर सक्रियताले स्थानीयवासीबीच सकारात्मक छवि बनाएको छ।
Advertisement 3
जयसवालको प्रमुख प्रतिबद्धतामध्ये शिवराज अस्पताललाई हालको १५ शैयाबाट विस्तार गरी आधुनिक ५० शैयाको अस्पताल बनाउने, गुणस्तरीय स्वास्थ्य सेवा स्थानीयमै उपलब्ध गराउने, युवाका लागि रोजगारी र सीप विकासका अवसर सिर्जना गर्ने, प्रविधिमैत्री नगर निर्माण गर्ने, कृषि क्षेत्रलाई आधुनिक बनाउने तथा पारदर्शी र जनउत्तरदायी स्थानीय सरकार निर्माण गर्ने लक्ष्य रहेका छन्।
उनी भन्छन्, “म पदका लागि होइन, सेवाका लागि आएको हुँ। जनताले विश्वास गरेर अवसर दिनुभयो भने विकासका अधुरा कामलाई पूरा गर्दै समृद्ध, आधुनिक र सेवामुखी नगर निर्माणमा इमानदारीपूर्वक काम गर्नेछु।”
आगामी निर्वाचनमा विकास, अनुभव, पारदर्शिता र सेवाभावलाई आधार बनाएर जनताको साथ र विश्वास प्राप्त हुनेमा जयसवाल आशावादी छन्।



प्रतिक्रिया दिनुहोस्