कपिलवस्तु। सावनको दोस्रो सोमबारका अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले भगवान शिवको दर्शन गर्न आउने श्रद्धालुलाई अनुशासन, संयमता र मर्यादा कायम राख्न आग्रह गर्नुभएको छ।
Advertisement 1
मेयर पौडेलले सम्पूर्ण हिन्दु धर्मावलम्बी तथा श्रद्धालुमा शुभकामना व्यक्त गर्दै मन्दिर परिसरमा धक्का मुक्की नगरी पालोअनुसार लाइनमा बसेर दर्शन गर्न अनुरोध गर्नुभयो। उहाँले सबै भक्तजनले सहज रूपमा दर्शन गर्ने वातावरण बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।
“हर हर महादेव। सावनको दोस्रो सोमबारको अवसरमा सम्पूर्ण श्रद्धालुमा हार्दिक शुभकामना व्यक्त गर्दछु। भगवान भोलेनाथको दर्शन गर्न आउँदा मर्यादा र अनुशासनलाई पहिलो प्राथमिकतामा राखौँ। धक्का मुक्की नगरी पालोअनुसार लाइनमा बसेर दर्शन गरौँ। सबैले सहज रूपमा दर्शन गर्ने अवसर पाउनुहुन्छ,” मेयर सुदीप पौडेलले भन्नुभयो।
Advertisement 2
उहाँले आफू जनताको सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। नागरिकलाई सहज सेवा उपलब्ध गराउने, विकास निर्माणका कामलाई गति दिने र जनताको समस्या सुन्ने विषयमा नगरपालिका गम्भीर रहेको उहाँको भनाइ छ।
“जनताको सेवा नै मेरो पहिलो जिम्मेवारी हो। नागरिकलाई कुनै दुःख वा असुविधा नहोस् भन्ने विषयमा म सधैं जिम्मेवार छु। जनताले दिएको विश्वासलाई काममार्फत सम्मान गर्ने प्रयास गरिरहेको छु,” उहाँले भन्नुभयो।
Advertisement 3
मेयर पौडेलले आफू आजको जिम्मेवारीमा पुग्नुमा नगरवासीको विश्वास र भगवान भोलेनाथको आशीर्वाद मुख्य आधार रहेको उल्लेख गर्नुभयो। आगामी दिनमा पनि यही विश्वासलाई कायम राख्दै नगरको विकास र जनसेवामा समर्पित भएर काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो।
सावन महिनामा शिव मन्दिरमा दर्शन गर्न आउने भक्तजनको उल्लेख्य भीड हुने भएकाले सुरक्षा, व्यवस्थापन र अनुशासनमा सबैले सहयोग गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो।
अन्त्यमा मेयर सुदीप पौडेलले भगवान भोलेनाथले सम्पूर्ण नगरवासीलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको आशीर्वाद प्रदान गरून् भन्ने कामना गर्दै सबैलाई सुरक्षित र मर्यादित रूपमा धार्मिक गतिविधिमा सहभागी हुन आग्रह गर्नुभयो।



प्रतिक्रिया दिनुहोस्