२०८३ बैशाख १०
नेपाली समय

मर्चवारी गाउँपालिका वडा नम्बर 2 को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।

२०८० असार १३, बुधबार १४:२३

 

Advertisement 1

 

यस कार्यक्रम को उद्देश्य सर्वजानिक पदमा आसिन यक्ति र सेवाग्राही बिच सर्वजानिक रुपता हुने प्रत्यक्ष बहस छलफल तथा अन्तरक्रिया हो ।

Advertisement 2

 

सार्वजनिक तथा विकास निर्माण को प्रभावकारिता विषयमा सेवा प्रदायक र स्थानीय सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement 3

 

यस कार्यक्रमको आयोजक मर्चवारी गाउँपालिका वडा नं २ कार्यालय र प्राविधि सहयोग दलित समाजिक केन्द्र ले गरेको थियो । दलित समाजिक केन्द्रको अध्यक्ष श्री छोटे हरिजन र उद्घोषक श्री चन्द्रिका हरिजन द्वारा सम्पन्न गरियो ।

 

यस कार्यक्रममा विभिन्न सरोकारवालाहरु को उपस्थिति भएको थियो जस्तै समाजसेवी, शिक्षक वर्ग, कर्मचारीहरूको साथसाथै वडा नम्बर 2 को वडा अध्यक्ष श्री ससिदयाल चौधरी र सबै सदस्यहरूको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो ।

 

यस कार्यक्रममा सहभागी प्रमुख अतिथि हरु :-

१- प्रमुख अतिथि :- सो को गाउँपालिका अध्यक्ष श्री गया प्रसाद बरई

२-विशिष्ट अतिथि :- सो को गाउँपालिका उपाध्यक्ष आशा सिङ

३-बिशिस्ट अतिथी :- सो को प्रमुख प्रशासकीय अधिकृत श्री मिन भट्टराई

४-अतिथी :- वडा नं २ को सचिव श्री हेम बहादुर थापा लगायत विभिन्न अतिथिहरूको सहभागिता म कार्यक्रम सम्पन्न भएको छ ।

 

उनले सडक मर्मत तथा पिसीसी ढलान, स्वास्थ्य चौकी भवनमा प्लाष्टर रंगरोगन, स्प्रे टंकी बितरण, ह्याण्डपाइप जडान, र जेष्ठ नागरिकलाइ सम्मान कार्यक्रम गरिएको बताए ।

 

वडाध्यक्षको चौधरी अनुसार सो आर्थिक वर्षमा गाउँपालिकाबाट कुल जम्मा ८० लाख रुपैयाँ मिलेको वडा बिकासकोलागि । जसमा चौधरीका अनुसार कुल 20 वटा योजनाहरुको सम्पन्न भएको केहीको भुक्तानी बाँकी रहेको कार्यक्रमपछि त्यो पनि गरिने चौधरी ले विश्वस्त गर्नुभयो

 

वडाध्यक्ष चौधरी ले सामाजिक सुरक्षा भत्ता अन्तरगत जेष्ठ नागरिक २७९, दलित जेष्ठ नागरिक ४१, उमेर नपुगेका एकल महिला ३९, जेष्ठ नागरिक एकल महिला २१, बाल पोषण दलित बच्चा ५९, अपाङ्ग ङ वर्ग २, अपाङ्ग ख वर्ग १२, गरि कुल जम्मा ४ सय ५३ जना लाभार्थीले सेवा लिनुभएको जानकारी गराए ।

 

 

वडामा भएका गतिविधिहरुको बारेमा सार्बजनिक सुनुवाइमा सहभागीहरुले सोधेको प्रश्नमा गाउँपालिका अध्यक्ष गया प्रसाद बरइ, प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराइ, वडाध्यक्ष ससिदयाल चौधरी, दलित सामाजिक बिकास केन्द्रका अध्यक्ष छोटे प्रसाद हरिजन, वडासचिव हेम बहादुर थापा लगायतले जवाफ दिएका थिए ।

 

दलित सामाजिक बिकास केन्द्रको प्राबिधिक सहयोग तथा संस्थाका सदस्य चन्द्रिका हरिजनद्वारा संचालित कार्यक्रमको समापन गर्दै वडाध्यक्ष चौधरीले वडामा भइरहेको गतिविधिमा आफ्नो साझा चिन्तन रहेको र सार्वजनिक सुनुवाइमा सुझाव तथा सल्लाह दिएकोमा धन्यवाद दिएका थिए ।

धेरै पढिएको

सम्बन्धित समाचार