Advertisement 1
काठमाडौं — नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङ ले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो स्टाटस लेख्दै आफूले नैतिक जिम्मेवारीका आधारमा राजीनामा दिएको जानकारी गराएका हुन्। facebook

गुरुङले लेखेका छन् कि, पछिल्ला दिनहरूमा आफ्नो सेयर लगानी लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई आफूले गम्भीर रूपमा लिएको बताएका छन्। उनले पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वास भएको उल्लेख गर्दै सार्वजनिक जीवन स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्।
Advertisement 2
उनले आफ्नो स्टाटसमार्फत भनेका छन् कि, “पदमा रहँदा कुनै ‘conflict of interest’ नदेखियोस् भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु।”
साथै, उनले आफूले नैतिक जिम्मेवारी निर्वाह गरेको दाबी गर्दै सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा अघि बढ्न सबैलाई आग्रह गरेका छन्। उनले सञ्चारकर्मी, युवा र आम नागरिकलाई पनि पारदर्शिता र सुशासनको पक्षमा उभिन अपिल गरेका छन्।
Advertisement 3
गुरुङको यो निर्णयसँगै देशको राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना भएको छ। अब उनको राजीनामा स्वीकृत हुने वा नहुने भन्ने विषयमा सरकारको आगामी कदम महत्त्वपूर्ण हुने देखिएको छ।



प्रतिक्रिया दिनुहोस्