२०८३ बैशाख ५
नेपाली समय

आवर मदरल्याण्ड एकेडेमीद्वारा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०८२ जेष्ठ १६, बिहीबार १६:२०

 

Advertisement 1

कपिलवस्तु, चन्द्रौटा — कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित आवर मदरल्याण्ड एकेडेमीले एक भव्य अभिभावक अभिमुखिकरण कार्यक्रम–२०८१ सम्पन्न गरेको छ।

विद्यार्थीको सर्वाङ्गीण विकासमा अभिभावकको भूमिकालाई अझ प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा ४ सयभन्दा बढी अभिभावकहरूको उपस्थिति रहेको थियो।

Advertisement 2

कार्यक्रम लुम्बिनी ग्रीन रिसोर्टमा आयोजना गरिएको हो। अभिभावकहरूलाई विद्यालयको शैक्षिक गतिविधि, विद्यार्थी व्यवहार, र अभिभावकीय भूमिका सम्बन्धी विभिन्न पक्षमा जानकारी दिन उक्त अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमका प्रमुख वक्ता तथा एकेडेमीका अध्यक्ष शरद अधिकारीले अभिभावकहरूप्रति आभार व्यक्त गर्दै विद्यार्थीहरूप्रति थप जिम्मेवार र सकारात्मक दृष्टिकोण राख्न सबै अभिभावकहरूलाई आग्रह गर्नुभयो। उहाँले अभिभावक र विद्यालयबीचको सहकार्यले मात्र विद्यार्थीको उज्यालो भविष्य सुनिश्चित गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

Advertisement 3

विद्यालय प्रशासनले अभिभावकहरूको उल्लेखनीय उपस्थिति र सक्रिय सहभागिताले कार्यक्रमलाई सफल बनाएको बताएको छ।

 

धेरै पढिएको

सम्बन्धित समाचार