महाराजगञ्ज ।
Advertisement 1
महाराजगञ्ज नगरपालिकामा स्थानीय निर्वाचनको माहोल तातिँदै जाँदा महिला नेतृत्वप्रति जनविश्वास पनि क्रमशः बढ्दै गएको देखिएको छ। स्थानीयवासीहरूका अनुसार नगरको समग्र विकास, महिला सशक्तीकरण तथा जनउत्तरदायी नेतृत्वका लागि सक्षम, शिक्षित र जिम्मेवार महिला नेतृत्व आजको आवश्यकता हो।
यही सन्दर्भमा महाराजगञ्ज नगरपालिका वडा नं. ६, ठुलो बुटहनिया निवासी एक स्थानीय महिलाले भावी उपमेयर उम्मेदवार अंन्जु यादवप्रति आफ्नो विश्वास र आशा व्यक्त गर्नुभएको छ।
Advertisement 2
उहाँले भन्नुभयो, “आजको समयमा महिलाको आवाज बुलन्द बनाउन, महिलाको हकहितको रक्षा गर्न र घरदेखि समाजसम्म महिलालाई नेतृत्वमा अघि बढाउन सक्षम महिला नेतृत्व अपरिहार्य छ। त्यसैले हामी अंन्जु यादवजस्तो शिक्षित, शालीन र जनताको भावना बुझ्ने व्यक्तिलाई उपमेयरमा देख्न चाहन्छौं।”
स्थानीयका अनुसार अंन्जु यादव शिक्षित, अनुशासित तथा सामाजिक मूल्य–मान्यताप्रति प्रतिबद्ध परिवारबाट आउनुभएको हो। उहाँ निर्वाचित भएपछि नगरपालिकाको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, महिला सशक्तीकरण, स्वरोजगार, सीपमूलक तालिम तथा युवा विकासका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्नुहुने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।
Advertisement 3
उहाँले विशेष गरी महिलाका लागि सीपमूलक तालिम, उद्यमशीलता विकास, आत्मनिर्भरता अभिवृद्धि, स्वास्थ्य सचेतना, बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री कार्यक्रम सञ्चालन गरी महिलालाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउने अपेक्षा गरिएको स्थानीयको भनाइ छ।
स्थानीय महिलाले थप भन्नुभयो, “जनप्रतिनिधि भनेको चुनाव जित्ने व्यक्ति मात्र होइन, जनताको विश्वास, जिम्मेवारी र विकासको अभियानलाई व्यवहारमा उतार्ने नेतृत्व पनि हो।अंन्जु यादवले जनताको भावना बुझेर नगरको समग्र विकासमा इमानदार, पारदर्शी र उत्तरदायी भूमिका निर्वाह गर्नुहुनेमा हामी विश्वस्त छौं।”
महाराजगञ्ज नगरपालिका वडा नं. ६, ठुलो बुटहनियाका स्थानीयवासीका अनुसार महिला नेतृत्वलाई अवसर दिँदा नगरको विकासले नयाँ गति लिने विश्वास गरिएको छ। त्यसैले आगामी निर्वाचनमा अंन्जु यादवलाई उपमेयर पदमा निर्वाचित गराई समृद्ध, समावेशी र विकासमुखी महाराजगञ्ज निर्माण गर्न सकिने उनीहरूको अपेक्षा रहेको छ।



प्रतिक्रिया दिनुहोस्