Advertisement 1
भक्तपुर — केन्द्रिय अनुसन्धान ब्युरो (CIB) को डिएसपी हुँ भन्दै लाखौं रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति अनिल थापा (उमेर ४९), हाल मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ५ कमेरोटार निवासी हुन्।
Advertisement 2
प्रहरीका अनुसार थापाले आफू CIB को डिएसपी भएको भन्दै विदेश पठाइदिने लोभ देखाएर एक व्यक्तिसँग ८ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए। पीडितको उजुरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले उनलाई भक्तपुरको कमेरोटारस्थित घरबाट २०८२ जेठ २४ गते पक्राउ गरेको हो।
Advertisement 3
अनिल थापा विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ बमोजिम “ठगी गर्न नहुने” कसुरमा मुद्दा दर्ता गरिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थापा यसअघि पनि २०७५ सालमा काठमाडौं प्रहरी परिसरमा ठगी र आपराधिक क्रियाकलापमा संलग्न रहेको खुलेको छ।
प्रहरीले उनीमाथि थप अनुसन्धान जारी रहेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्