
Advertisement 1
रूपन्देही/मर्चवार
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सम्मरीमाई गाउँपालिका वडा नं ३ मा एकदिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम २०८२ साल असार १४ गते शनिबार सम्पन्न भएको हो। कार्यक्रमको आयोजना सम्मरीमाई गाउँपालिका वडा नं ३ को कार्यालयले गरेको थियो ।
Advertisement 2
कार्यक्रमको प्रमुख अतिथि वडा नं ३ का वडा अध्यक्ष अदहम अलि देवान रहेका थिए भने विशिष्ट अतिथिका रूपमा अष्टभुजा पाँडे तथा अतिथिका रूपमा ईन्द्रवती कहाईन, अमरावती देवी हरिजन, रञ्जित कुशवाहा तथा सूचना प्रविधि अधिकृत सुमन्त गौडको लगायत विभिन्न समुदायका भद्र भलादमीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रमुख अतिथि देवान ले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा समान अवसर र अधिकार सुनिश्चित गर्नु आवश्यक रहेको भन्दै आफ्नो मन्तव्य राखेका थिए ।
Advertisement 3
कार्यक्रममा प्रशिक्षकको रूपमा सम्मरीमाई गाउँपालिकाका सहायक सुरक्षा तथा पञ्जीकरण / अपाङ्ग शाखा प्रमुख प्रदीप कुमार दुबेले अपाङ्गता, अधिकार, सुविधा र सरकारी योजनाहरूको विषयमा उपस्थित सहभागीलाइ जानकारी गराएका थिए।
कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजमा सकारात्मक दृष्टिकोण विकास गर्नुका साथै उनीहरूलाई उपलब्ध हुने सेवा तथा सुविधा सम्बन्धमा स्पष्ट जानकारी प्रदान गर्न सहयोग पुगेको आयोजकले जनाएको थियो ।



प्रतिक्रिया दिनुहोस्