
Advertisement 1
रुपन्देही/मर्चवार
रुपन्देहीको भैरहवास्थित लुम्बिनी प्रदेशस्तरीय बाल सुधार गृहमा एकजना बाल कैदीले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाका अनुसार शनिबार दिउँसो करिब २ बजे सम्मरीमाई गाउँपालिका–४ का २१ वर्षीय सन्दिप गोसाई मृत अवस्थामा फेला परेका हुन्।
Advertisement 2
प्रहरीका अनुसार गोसाईलाई सिद्धार्थनगर नगरपालिका–७ तिनतारा पथमा रहेको सुधार गृहको तेस्रो तलामा रहेको स्टोर कोठामा फलामको पाइपमा नरिवलको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको हो। दिउँसो बालकहरूको नियमित गन्ती र चेकजाँच गर्ने क्रममा यो घटना बाहिर आएको प्रहरीले जानकारी दिएको छ।
गोसाई जवरजस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए। मुद्दा दर्ता हुँदा उनी कानुनी रूपमा बालक भएकाले बाल कैदीको सूचीमा राखिएको थियो। विगत एक वर्षदेखि उनी सुधार गृहभित्र मोनिटर (नाइके)को जिम्मेवारी सम्हाल्दै अन्य बालकहरूको रेखदेख गर्दै आएका थिए।



प्रतिक्रिया दिनुहोस्