Advertisement 1
मर्चवार
मर्चवारीका नेता ज्ञान प्रकाश मिश्रले मागेको भाकल पूरागर्दै मर्चवार क्षेत्रको इष्ट मर्चवारीदेवी मन्दिरमा धार्मिक भण्डारा (भोज) सम्पन्न गरेका छन ।
Advertisement 2
केही दिनअघिको खण्डेरीले मर्चवारबासी चिन्तित भइरहेका बेला नेता मिश्रले पानी परेपछि मर्चवारी देवीको आशीर्वाद स्वरूप भण्डारा गर्ने संकल्प लिएका थिए । त्यसैअनुसार भाकल पूरागर्दै उनले मर्चवारीदेबीको मन्दिर परिसरमा भण्डारा गरेको बताए ।
भण्डारामा मर्चवारी गाउँपालिकाका पूर्ब अध्यक्ष केशवनन्द बनिया, कोटहीमाइ गाउँपालिकाका पूर्ब अध्यक्ष चन्द्रभूषण यादव, नेपाली कांग्रेसका नेता अशुतोष मिश्र, सामाजिक अभियान्ता जगन्नाथ प्रसाद कुर्मी, बिभन्न वडाका वडाध्यक्षहरू र स्थानीय बासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
Advertisement 3
ज्ञान प्रकाश मिश्रले भाकल पूरा गर्न पाउँदा आफू धन्य भएको बताउँदै आगामी दिनमा पनि देवीको दर्शन र सेवा गर्न निरन्तर लागिरहने प्रतिबद्धता जनाए । त्यसैगरी नेता अशुतोष मिश्र र अभियन्ता कुर्मी लगायतले यसलाई धार्मिक आस्था मात्र नभई सामाजिक एकताको अवसरका रूपमा लिएको बताए ।
भण्डारामा उपस्थित भक्तजनहरूले प्रसाद ग्रहण गर्दै मर्चवारीदेवी प्रतिको आस्था व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्