२०८२ पुष १३
नेपाली समय

सम्मरीमाईमा कृषि प्रवर्द्धन कार्यक्रम, च्याउ खेती

२०८२ मंसिर २८, शनिबार २०:५४

Advertisement 1

धनन्जय उपाध्याय/रुपन्देही 

सम्मरीमाई गाउँपालिकाको कृषि प्रवर्द्धन र आयआर्जन वृद्धि गर्ने उद्देश्यले च्याउ खेतीसम्बन्धी तालिम तथा ७० प्रतिशत अनुदानमा च्याउको बिउ र प्लास्टिक थैला वितरण कार्यक्रम सम्पन्न भएको छ।रूपन्देहीको सम्मरीमाई गाउँपालिकाको सभा हलमा गाउँपालिका कृषि विकास शाखा फरेनाको आयोजनामा च्याउ खेती सम्बन्धी तालिम तथा अनुदान वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ९० जना किसान तथा इच्छुक सहभागीहरूको उपस्थिति रहेको थियो।

Advertisement 2

तालिमका प्रशिक्षक बाली संरक्षण अधिकृत लवकुश कुर्मीले च्याउ खेतीको महत्व, व्यवसायिक सम्भावना, रोग कीरा व्यवस्थापन, उत्पादन तथा बजारिकरणका विषयमा प्रभावशाली प्रशिक्षण दिनुभएको थियो। उहाँले कम लगानीमा राम्रो आम्दानी लिन सकिने भएकाले च्याउ खेती किसानका लागि उपयुक्त व्यवसाय भएको बताउनुभयो।

कार्यक्रमको उद्घाटन सत्रमा सम्मरीमाई गाउँपालिकाकी उपाध्यक्ष कुमारी प्रियंका सिंह शाहीले मन्तव्य राख्दै स्थानीय किसानलाई स्वरोजगार बनाउने र आत्मनिर्भर बनाउने लक्ष्यका साथ यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले कृषि क्षेत्रमा गाउँपालिकाले निरन्तर सहयोग र प्रोत्साहन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Advertisement 3

कार्यक्रमको अध्यक्षता कृषि शाखा प्रमुख सुरज पाण्डेले गर्नुभएको थियो। अध्यक्षीय मन्तव्यमा उहाँले सहभागी किसानलाई तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्दै च्याउ खेतीले गाउँपालिकाको आर्थिक गतिविधि मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा गाउँपालिका कार्यपालिका सदस्य विक्रम जित लोध, वडा नं ७ का वडा सदस्य बक्सिस मुसलमान, महिला बालबालिका तथा अपाङ्गता शाखा प्रमुख प्रदीप कुमार दुबे लगायत अन्य वडा सदस्य, जनप्रतिनिधि, समाजसेवी तथा स्थानीय सहभागीहरूको उपस्थिति रहेको पाण्डेले जनाए।कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई ७० प्रतिशत अनुदानमा च्याउको बिउ र प्लास्टिक थैला वितरण गरिएको थियो।

धेरै पढिएको

सम्बन्धित समाचार