२०८३ बैशाख ४
नेपाली समय

Author: dhurba satya khabar

Vote For Change को सन्देशसहित मायादेवी–४ मा आशिष शर्मा

२०८२ माघ १९, आईतवार २०:२८

कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माको जनसंवाद, मायादेवी–४ मा उत्साहपूर्ण सहभागिता
कपिलवस्तु क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार आशिष शर्माले माघ–१८ (आइतबार) का दिन मायादेवी गाउँपालिका वडा नम्बर ४ मा स्थानीय दाजुभाइ, दिदीबहिनी तथा शुभचिन्तकहरूसँग प्रत्यक्ष संवाद गरेका छन्।
उक्त कार्यक्रममा आशिष शर्मासँगै उनका समर्थक राजेशसिंहको पनि सक्रिय सहभागिता रहेको थियो। जनताको प्रत्यक्ष भेटघाट, सुझाव संकलन र संवादमा केन्द्रित उक्त कार्यक्रमले स्थानीय तहमा सकारात्मक सन्देश दिएको छ।
जनसंवादका क्रममा स्थानीयवासीहरूले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनसँग सम्बन्धित आफ्ना अपेक्षा तथा समस्याहरू खुलेर राखेका थिए। उम्मेदवार शर्माले जनताले व्यक्त गरेका हरेक आवाजलाई केवल सुन्ने मात्र नभई, त्यसलाई सदनमा निडर र स्पष्ट रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे।
“यहाँहरूले देखाउनु भएको विश्वास, प्रेम र अपेक्षालाई म सम्मानमा सीमित राख्दिनँ, यसलाई कार्यमा परिणत गरेर देखाउँछु,” उनले भने, “कपिलवस्तु–१ का हरेक जनअभिव्यक्ति मेरो राजनीतिक मार्गदर्शन हो।”
मायादेवी गाउँपालिका वडा नम्बर ४ का मतदाता र स्थानीयवासीहरूले स्वतन्त्र उम्मेदवारप्रति देखाएको उत्साह र समर्थनले परिवर्तनको चाहना अझ स्पष्ट देखिएको छ। कार्यक्रमले जनतामाझ आशिष शर्माको छवि जनमुखी, स्पष्ट वक्ता र जिम्मेवार नेतृत्वका रूपमा थप बलियो बनाएको स्थानीयको भनाइ छ।
कार्यक्रमको अन्त्यमा उम्मेदवार शर्माले मायादेवी–४ का सम्पूर्ण मतदाता र बुलन्द आवाजप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि जनतासँग निरन्तर संवादमा रहने प्रतिबद्धता दोहोर्याए।

धेरै पढिएको

सम्बन्धित समाचार