२०८३ बैशाख ५
नेपाली समय

Author: dhurba satya khabar

मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाद्वारा नहर प्रणाली सभा सम्पन्न ।

२०८२ कार्तिक १९, मंगलवार ००:४८

धनन्जय उपाध्याय/मर्चवार

मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाद्वारा आयोजित नहर प्रणाली सभा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घोषणा सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय सञ्जालका अध्यक्ष तथा मर्चवार लिफ्ट सिँचाइ मूल समितिका सचिव जगन्नाथ प्रसाद कुर्मीले गरेका थिए।

कार्यक्रममा मर्चवार लिफ्ट सिँचाइ मूल समितिका अध्यक्ष राजेन्द्र यादवले सम्बोधन गर्दै भने लिफ्ट सिँचाइ हाम्रो सामूहिक सम्पत्ति हो । यसको सुरक्षामा सबैको समान जिम्मेवारी हुन्छ। यदि कुनै कर्मचारी वा प्राविधिक पक्षबाट गल्ती भइरहेको छ भने कृपया समितिलाई जानकारी गराउनुस्, हामी आवश्यक कारबाही गर्नेछौं । भन्दै उनले पानी पोत समयमा बुझाउन सबै किसानहरूलाई आग्रह गरे।

मर्चवार क्षेत्र नं. ४ ‘क’ का विधायक कन्हैया बनियाले आफ्नो जीवन किसानहरूको हित र अधिकार संरक्षणका लागि समर्पित रहेको भने । किसानको समृद्धि नै मर्चवारको विकास हो। म सधैं किसानका पक्षमा आवाज उठाउनेछु भने बनियाले बताए ।

कार्यक्रममा सम्मरीमाई गाउँपालिका वडा नं ७ को अध्यक्ष राधेश्याम कुर्मीले पनि आफ्नो मन्तव्य राख्दै स्थानीय स्तरमा सिँचाइ प्रणाली सुधारका लागि सहकार्य र पारदर्शिता आवश्यक रहेको बताउनुभयो।

यसै अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ का कार्यसमिति सदस्य राम विकास चौधरीले आफ्नो मन्तव्य दिँदै भने ।कृषि उत्पादन बढाउन सिँचाइको पहुँच अत्यन्तै महत्वपूर्ण छ। सिँचाइ प्रणाली सबल र व्यवस्थित बने कृषि आत्मनिर्भर बन्न सक्छ।

कार्यक्रममा किसान, स्थानीय अगुवा, लिफ्ट सिँचाइका पदाधिकारी तथा उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

धेरै पढिएको

सम्बन्धित समाचार