२०८३ बैशाख ४
नेपाली समय

Author: dhurba satya khabar

नेपाल आदर्श मल्टिपल क्याम्पसमा शिक्षकहरूका लागि लेख लेखन तालिम सम्पन्न

२०८२ जेष्ठ १६, बिहीबार १७:०७

 

शिवराज, कपिलवस्तु – नेपाल आदर्श मल्टिपल क्याम्पस, शिवराज–१, शिवपुरमा आयोजित “शिक्षकहरूका लागि लेख लेखन तालिम” सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम विश्वविद्यालय अनुदान आयोग (University Grant Commission – UGC) नेपालको सहकार्यमा सञ्चालन गरिएको हो।

 

२०८२ साल जेठ १५ देखि १७ गतेसम्म सञ्चालन भएको उक्त तालिममा करिब ६० भन्दा बढी सहभागी शिक्षकहरूको उपस्थिति रहेको थियो। लेख लेखन सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको तालिममा सहभागिता उल्लेखनीय रह्यो।

 

कार्यक्रममा कपिलवस्तु बहुमुखी क्याम्पसका प्रमुख तथा तालिमका प्रशिक्षक श्री होतराज खनाल
बहुमुखी खनालज्यूले प्रशिक्षण दिनुभएको थियो। उहाँले लेख लेखनको प्रविधि, अनुसन्धानकर्ता यसको उपयोगिता, तथा शिक्षण–अध्ययन प्रक्रियामा यसले पुर्याउने योगदानबारे विस्तृत रुपमा प्रशिक्षण दिनुभएको थियो।.

 

कार्यक्रमको व्यवस्थापन नेपाल आदर्श मल्टिपल क्याम्पसले गरेको हो भने विश्वविद्यालय अनुदान आयोगको प्राविधिक तथा आर्थिक सहयोगमा तालिम सम्पन्न गरिएको हो।

(क्याप्सन:)

नेपाल आदर्श मल्टिपल क्याम्पस, शिवराज–१, शिवपुरमा आयोजित “शिक्षकहरूका लागि लेख लेखन तालिम” कार्यक्रमको उद्घाटन सत्रमा कपिलवस्तु बहुमुखी क्याम्पसका प्रमुख तथा तालिमका प्रशिक्षक श्री होतराज खनाल (बायाँ) तथा आयोजक प्रतिनिधि।

धेरै पढिएको

सम्बन्धित समाचार