२०८३ बैशाख ४
नेपाली समय

Author: dhurba satya khabar

भैरहवा भीम अस्पताल विकास समितिका नव नियुक्त अध्यक्ष कुल प्रसाद न्यौपानेले पदभार ग्रहण गरे

२०८२ जेष्ठ १५, बुधबार १९:४४

 

भैरहवा, रूपन्देही — भीम अस्पताल विकास समितिका नव नियुक्त अध्यक्ष कुल प्रसाद न्यौपानेले आज एक विशेष समारोहबीच पदभार ग्रहण गरेका छन्।

 

अस्पताल प्रमुख डा. शकुन्तला गुप्ताको अध्यक्षतामा सम्पन्न समारोहमा रूपन्देही जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाई प्रमुख अतिथि रहनुभएको थियो। सिधार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खा विशिष्ट अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनु भएको थियो।

 

पदभार ग्रहण समारोहमा अस्पतालका विभिन्न विभाग प्रमुख, स्वास्थ्यकर्मी, तथा स्थानीय नेताहरुको उपस्थिति रहेको थियो। अध्यक्ष न्यौपानेले अस्पतालको सेवा स्तर वृद्धि गर्नका लागि पारदर्शी र जनमुखी योजनाहरु कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

 

कार्यक्रममा सम्माननीय अतिथिहरुले पनि अध्यक्ष न्यौपानेलाई बधाई दिँदै अस्पतालको समग्र विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

धेरै पढिएको

सम्बन्धित समाचार