२०८३ बैशाख ८
नेपाली समय

Author: dhurba satya khabar

कपिलवस्तु शिव मन्दिर जीर्ण अवस्थामा (तस्बिर सहित )

२०७८ माघ २४, सोमबार १४:५२

 

कपिलवस्तु । ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको कपिलवस्तुको कुदान क्षेत्र भित्र रहेको शिव मन्दिर जीर्ण अवस्थामा रहेको छ ।

 

कुदान गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक गृहनगर कपिलवस्तु मा आउँदा आफ्नो मातापिता तथा परिवारसँग भेट गरेको स्थान हो ।

मन्दिरलाई हेर्दा संरचना धेरै पुरानो रहेको थाहा हुन्छ । दिनप्रतिदिन मन्दिर जीर्ण बन्दै गएको छ तर यसलाई पुन निर्माण र संरक्षण मा कसै को ध्यान पुगेको छैन ।

 

हिन्दु युवा शक्ति कपिलवस्तु को टिम अनुगमन मा गएको बेला मा कुदान क्षेत्र भित्र रहेको शिव मन्दिरको अवस्था जीर्ण रहेको हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेयले बताए । शिव मन्दिर किन जीर्ण बन्दै गएको यश मा किन जनप्रतिनिधि र पदाधिकारी को ध्यान गएको छैन ।

 

पाण्डेयले भने कि कुनै पनि ठाउँमा महजिद , गुम्बा र चर्च यस्तो जीर्ण अवस्थामा छैन होला तर छ भने त्यहाँ मानिस छैनन् भने मात्र जीर्ण अवस्थामा होला तर जुन ठाउँमा हिन्दु धर्म मान्ने मानिस धेरै रहेको ठाउँमा शिव मन्दिर किन जीर्ण अवस्थामा रहेको छ ।

धेरै पढिएको

सम्बन्धित समाचार