२०८३ श्रावण १८
नेपाली समय

महाराजगञ्ज–१ मा नयाँ नेतृत्वको बहस: सञ्चार उद्यमी दीपक द्विवेदी विकासको स्पष्ट एजेन्डासहित चुनावी मैदानमा

२०८३ श्रावण १७, आईतवार २१:१९

कपिलवस्तु। महाराजगञ्ज नगरपालिका वडा नम्बर १ मा आगामी स्थानीय निर्वाचनको माहोल तातिँदै जाँदा सञ्चार क्षेत्रसँगै सामाजिक सेवामा सक्रिय व्यक्तित्व दीपक द्विवेदी विकास र सुशासनको स्पष्ट प्रतिबद्धतासहित भावी वडा अध्यक्ष पदका उम्मेदवारका रूपमा चर्चामा आएका छन्।

Advertisement 1

लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका द्विवेदी ध्रुव मिडियाका सञ्चालक तथा सम्पादक समेत हुन्। पत्रकारिता र सामाजिक उत्तरदायित्वमार्फत स्थानीय जनताका आवाज उठाउँदै आएका उनी अब प्रत्यक्ष रूपमा जनप्रतिनिधिको भूमिकामा रहेर वडा नम्बर १ को समग्र विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएका छन्।

द्विवेदीले आफ्नो प्राथमिकतामा गुणस्तरीय शिक्षा, सहज र प्रभावकारी स्वास्थ्य सेवा, महिला सशक्तीकरण, भौतिक पूर्वाधारको तीव्र विकास, युवा सहभागिता, रोजगार प्रवर्द्धन, कृषि तथा पशुपालनको संरक्षण, गौशालाको व्यवस्थापन तथा अनाथ बालबालिकाका लागि आश्रय र संरक्षण जस्ता विषयलाई प्रमुख रूपमा अघि सारेका छन्।

Advertisement 2

उनका अनुसार वडा विकास केवल सडक र भवन निर्माणमा सीमित हुन नहुने, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र मानव सेवासँग जोडिएका कार्यक्रमलाई समान प्राथमिकता दिँदै समृद्ध, सुरक्षित र आत्मनिर्भर वडा निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ।

स्थानीयवासीका बीच सरल, मिलनसार र जिम्मेवार व्यक्तित्वका रूपमा परिचित द्विवेदीले पारदर्शी, जवाफदेही र जनउत्तरदायी नेतृत्व दिने प्रतिबद्धता व्यक्त गरेका छन्। विकास निर्माणका हरेक योजनामा जनसहभागिता सुनिश्चित गर्दै वडाको आवश्यकताअनुसार योजना छनोट र कार्यान्वयन गर्ने उनको भनाइ छ।

Advertisement 3

राजनीतिक वृत्त तथा स्थानीय नागरिकबीच पनि उनको उम्मेदवारीलाई विकासमुखी सोचसँग जोडेर हेरिएको छ। सञ्चार क्षेत्रबाट समाजसेवामा निरन्तर सक्रिय रहेका द्विवेदी अब जनप्रतिनिधिका रूपमा वडाको नेतृत्व गर्न अघि बढेका हुन्।

“समृद्ध वडा, गुणस्तरीय सेवा र जनविश्वासमा आधारित नेतृत्व” भन्ने नारासहित चुनावी अभियानलाई अगाडि बढाइरहेका दीपक द्विवेदीले वडा नम्बर १ लाई शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक सेवाको नमुना वडा बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125