२०८२ आश्विन १७
नेपाली समय

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा ।

२०८२ भाद्र २३, सोमबार २०:४०

Advertisement 1

भैरहवा, भदौ २३

गृहमन्त्री रमेश लेखकले सोमबार साँझ पदबाट राजीनामा दिनुभएको छ। मन्त्रिपरिषद् बैठकमा उहाँले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउनुभएको हो।

Advertisement 2

सोमबार भएको जेनजि आन्दोलन हिंसात्मक रूप लिन पुगेपछि ठूलो जनहानि भएको थियो। हालसम्म उक्त घटनामा १९ जनाको ज्यान गएको पुष्टि भएको छ। घटनाको नैतिक जिम्मेवारी लिने भन्दै मन्त्री लेखकले पद छोड्ने निर्णय गर्नुभएको हो।

यसअघि नेपाली कांग्रेसको आन्तरिक बैठकमा पनि उहाँले पदमा नबस्ने अडान राख्नुभएको थियो। लेखक २०८१ साल असार ३१ गते गृहमन्त्रीको रूपमा नियुक्त भएका थिए।

सम्बन्धित समाचार