२०८२ आश्विन १७
नेपाली समय

रुपन्देहीको भैरहवा र बुटवल क्षेत्रमा कर्फ्यू आदेश जारी

२०८२ भाद्र २३, सोमबार १६:०३

Advertisement 1

रुपन्देही, भदौ २३

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भैरहवा र बुटवलका केही क्षेत्रमा आज अपरान्ह ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लागू गर्ने निर्णय गरेको छ।

Advertisement 2

प्रमुख जिल्ला अधिकारी (सीडीओ) डा. टोकराज पाण्डेयका अनुसार बुटवल क्षेत्रमा पूर्वतर्फ धागो कारखाना, पश्चिमतर्फ बेलवास चोक, उत्तरतर्फ चिडिया खोला र दक्षिणतर्फ मंगलापुरसम्म कर्फ्यू लागु गरिएको छ।

त्यस्तै, भैरहवा क्षेत्रमा पूर्वमा रोहिणी खोला पुल, पश्चिममा बेथरी, उत्तरमा बुद्धचोक र दक्षिणमा बेलहियासम्म कर्फ्यूको दायरा निर्धारण गरिएको छ।

Advertisement 3

सीडीओ पाण्डेयका अनुसार कर्फ्यू लागू भएका क्षेत्रमा कुनै पनि प्रकारको सभा, प्रदर्शन, जुलुस, भेला वा घेराउ कार्य गर्न नपाउने आदेश जारी गरिएको छ।

सम्बन्धित समाचार