२०८२ आश्विन १७
नेपाली समय

भैंसी चराउन गएका मोहन चौहान नदीमा डुबेर बेपत्ता ।

२०८२ भाद्र ९, सोमबार २०:४७

Advertisement 1

अनिल तिवारी/कपिलवस्तु

कपिलवस्तु नगरपालिका वडा नं ३ डेरवाका अन्दाजी १६ वर्षका मोहन चौहान सोमबार साँझ रामघाट नदीमा डुबेर बेपत्ता भएका छन्। मिति २०८२ भाद्र ९ गते सोमबार साँझ करिब ५ बजेतिर भैंसी चराउन गएका चौहान नदीमा पौडी खेल्ने क्रममा डुबेको स्थानीयहरूले बताएका छन्। घटनापछि तुरुन्तै स्थानीय युवाहरुले उद्धार प्रयास थालेका थिए भने खबर पाउन लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पनि घटनास्थल पुगेका थिए । हालसमेत चौहानको खोजी कार्य जारी रहे पनि उनको अवस्था पत्ता लाग्न सकेको छैन।

Advertisement 2

प्रहरीले नदीमा पानीको बहाव तीव्र भएकाले खोजीमा कठिनाइ भइरहेको बताएका छन्। प्रहरीका अनुसार आवश्यक संसाधन प्रयोग गरेर निरन्तर खोजी भइरहेको छ र सकेसम्म चाँडो चौहानलाई फेला पार्न प्रयास भइरहेको छ। उक्त घटनाले गाउँमा त्रास र शोकको वातावरण सिर्जना गरेको छ भने परिवारजन रुवा बासीको अवस्था सिर्जना भएको छ। खोजी कार्यमा स्थानीयवासी पनि सक्रिय रूपमा सहभागी भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार