Advertisement 1
मायादेवी , मंसिर ९
Advertisement 2
Advertisement 3
कपिलवस्तु जिल्लाको मायादेवी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मायादेवीको पकडी चोकमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक उद्घाटन गरिएको छ ।
लैंगिक हिंसा अन्त्यको शुनिश्चितता महिला र बालबालिकाहरूमा लगानीको ऐकेबद्धता राष्ट्रीय नाराका साथ
मायादेवी गाउँपालिका वडा नम्बर १ पकडी चोक मा आयोजना गरिएको हो र कार्यक्रम को उद्घाटन मायादेवी गाउँपालिका अध्यक्ष वलिउद्दिन खान पूर्व लुम्बिनी प्रदेश भाैतिक पूवार्धार विकास मन्त्री मा. श्री सहसराम यादव मायादेवी गाउँपालिका सालाहकर सरफुद्दिन खान र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का युवा नेता क.फैजल खान ले गर्नुभएको छ। तथा नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायत विभिन्न संघ संस्थाहरुको सहकार्य रहेको थियो ।

मायादेवी गाउँपालिका अन्तर्गत संचालित रहेको प्रगतिशील युवा समाज संस्थाको अयोजनामा र सनशाइन सामाजिक विकास संस्था, युनाइटेड मिसन टु नेपाल को आर्थिक सहयोग र मायादेवी गाउँपालिका को समन्वय मा लैंगिक हिंसाविरुद्ध सम्बन्धी १६ दिने दिप प्रज्वलन कार्यक्रममा सम्पन्न भएको छ।
कार्यक्रममा पूर्व लुम्बिनी प्रदेश भाैतिक पूवार्धार विकास मन्त्री मा. श्री सहसराम यादव प्रमुख आतिथ्य रहेको कार्यक्रमका प्रमुख अतिथि सहसराम यादव अध्यक्ष वलिउद्दिन खान मायादेवी गाउँपालिका सालाहकर सरफुद्दिन खान र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का युवा नेता क.फैजल खान द्वारा दिप प्रज्व्लन गरि उद्घाटन गरिएको थियो।
कार्यक्रममा बोल्दै मायादेवी गाउँपालिका अध्यक्ष वलिउद्दिन खानले महिलामाथिको नियन्त्रणको दायरा अझ पनि कसिलो देखिएकाले यस्तो मानसिकता परिवर्तन गर्न ढिलाइ गर्न नहुने बताउनुभयो ।पलीकले यो अभियान सधैभरी अघि वढाएर महिला हिंसा मुक्त पालिका वनाउन तयार रहेको मेयर वलिउद्दिन खानले वताउनु भयो ।
कार्यक्रम मायादेवी गाउँपालिका को प्रगतिशील युवा समाज संस्थाको अध्यक्ष श्री बब्लु यादव स्वागत मन्तब्य रहेको कार्यक्रममा सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै पूर्व लुम्बिनी प्रदेश भाैतिक पूवार्धार विकास मन्त्री मा. श्री सहसराम यादवले हामी सबै मिलेर महिला हिंसा अन्त्य गर्नुपर्ने बताउदै आमाबुबाको खुट्टा मुनि स्वर्ग रहेको बताए ।
कार्यक्रममा मायादेवी गाउँपालिका वरिष्ठ सालाहकर सरफुद्दिन खान अजय कुमार मोरिया दिनेश गोड बब्लु यादव सुगरिम यादव लगायतका वक्ता हरूले महिला हिंसा अन्तय गर्न सम्पूर्ण क्षेत्रका व्यक्ति मिलेर महिला हिंसा बिरूद्ध योगदान दिनुपर्ने बताए।
कार्यक्रम सम्पन्न मायादेवी गाउँपालिका को एकीकृत समाजवादी) का युवा नेता क.फैजल खानले अन्त गरि सम्पन्न गरियो।कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, स्थानीय, महिला अधिकार कर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षाप्रेमी लगायतको उपस्थित रहेको थियो।



प्रतिक्रिया दिनुहोस्