२०८३ श्रावण १०
नेपाली समय

कालोबजारीविरुद्ध अध्यक्षको कडा चेतावनी”

२०८३ असार २३, मंगलवार १७:३५

गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमानद्वारा कालोबजारीविरुद्ध कडा चेतावनी, कृत्रिम अभाव सिर्जना गर्नेलाई कानुनी कारबाही हुने

Advertisement 1

पकडी, कपिलवस्तु। मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमान ले एल.पी. ग्यास, मलखाद तथा दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने प्रवृत्तिविरुद्ध कडा चेतावनी दिएका छन्। अध्यक्ष वलिउद्दिन मुसलमान द्वारा जारी अत्यन्त जरुरी सूचनामा उपभोक्तामाथि अन्याय हुने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट उल्लेख गरिएको छ।

Screenshot

अध्यक्ष वलिउद्दिन मुसलमान ले जारी गरेको सूचनाअनुसार गाउँपालिकाभित्र एल.पी. ग्यासको कृत्रिम अभाव सिर्जना गरी नेपाल सरकारले तोकेको मूल्यभन्दा बढी रकम असुलिएको तथा मलखाद पनि गाउँपालिकाले निर्धारण गरेको दररेटभन्दा महँगो मूल्यमा बिक्री भइरहेको विषयमा दैनिक गुनासो प्राप्त भएपछि गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको हो।

Advertisement 2

सूचनामार्फत अध्यक्ष वलिउद्दिन मुसलमान ले व्यवसायी, उद्योगी, डिलर तथा सम्बन्धित सबै पक्षलाई उपभोक्ताले सहज रूपमा आवश्यक सामग्री पाउने वातावरण बनाउन आग्रह गरेका छन्। कृत्रिम अभाव देखाएर वस्तु लुकाउने, भण्डारण गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा उपभोक्ताको अधिकारमाथि खेलबाड गर्ने कार्य प्रचलित कानुनविपरीत रहेको उल्लेख गरिएको छ।

अध्यक्ष वलिउद्दिन मुसलमान ले कालोबजारी, कृत्रिम अभाव तथा अनुचित मूल्यवृद्धिमा संलग्न जोसुकैलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ सहित प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएका छन्।

Advertisement 3

गाउँपालिकाले सबै व्यवसायीलाई जिम्मेवारीपूर्वक तोकिएको दररेटमा वस्तु बिक्री गर्न, कृत्रिम अभाव सिर्जना नगर्न तथा उपभोक्ताको हितलाई पहिलो प्राथमिकतामा राख्न अनुरोध गरेको छ। अध्यक्ष वलिउद्दिन मुसलमान ले कानुन कार्यान्वयनमा कुनै सम्झौता नहुने स्पष्ट सन्देश दिँदै बजारलाई पारदर्शी, व्यवस्थित र उपभोक्तामैत्री बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125