२०८३ श्रावण १०
नेपाली समय

मायादेवीमा पोषण सुधार र जीविकोपार्जन प्रवर्द्धनका लागि विद्युतीय ई–भी लोडर हस्तान्तरण

२०८३ असार १६, मंगलवार १३:४४
  • रुपन्देही ।पाँच वर्षमुनिका बालबालिका भएका परिवारमा ताजा खाद्य सामग्रीको सहज पहुँच बढाउने उद्देश्यसहित मायादेवी गाउँपालिकामा पोषण–संवेदनशील कार्यक्रमअन्तर्गत विद्युतीय ई–भी लोडर हस्तान्तरण गरिएको छ । आज मिति २०८३/०३/०५ गते मायादेवी गाउँपालिका वडा नं. ०१ को वडा कार्यालयमा मायादेवी गाउँपालिकाको समन्वय तथा सेतो गुराँस बाल विकास सेवा, रुपन्देहीद्वारा सञ्चालित “पोषणमार्फत जीवन रूपान्तरण परियोजना” अन्तर्गत पोषण–संवेदनशील आयामको सहयोगमा विद्युतीय ई–भी लोडर हस्तान्तरण कार्यक्रम भव्य एवं सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा मायादेवी गाउँपालिका वडा नं. ०१ निवासी श्री लखन प्रसाद लोध लाई गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, स्वास्थ्य संस्थाका प्रमुख, वडा सदस्यहरू, सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको टोली, पोषणमार्फत जीवन रूपान्तरण (IDE Nepal) परियोजनाका श्री सुमन श्रेष्ठ, विभिन्न समाजसेवी व्यक्तित्व तथा सरोकारवालाहरूको गरिमामय उपस्थितिमा विद्युतीय ई–भी लोडर हस्तान्तरण गरिएको हो।

Advertisement 1

हस्तान्तरण गरिएको विद्युतीय ई–भी लोडरको मुख्य उद्देश्य गाउँ–टोल तथा विशेषगरी ५ वर्षमुनिका बालबालिका भएका परिवारहरूमा ताजा तरकारी, फलफूल तथा सरसफाइसँग सम्बन्धित गुणस्तरीय सामग्रीहरूको सहज, नियमित र पहुँचयोग्य आपूर्ति सुनिश्चित गर्नु रहेको आयोजकले जनाएको छ। यस कार्यक्रममार्फत स्थानीय स्तरमा पोषण सुधार, स्वास्थ्य प्रवर्द्धन, खाद्य सुरक्षामा टेवा पुग्नुका साथै लाभग्राहीको जीविकोपार्जनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमका वक्ताहरूले पोषण, स्वास्थ्य र आर्थिक सशक्तीकरणलाई एकसाथ अघि बढाउने यस्ता कार्यक्रमले समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनीहरूले स्थानीय तह, विकास साझेदार तथा समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

Advertisement 2

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय तथा सहभागिता जनाउनुहुने मायादेवी गाउँपालिका परिवार, सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको सम्पूर्ण टोली, जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू, समाजसेवी महानुभावहरू तथा सम्पूर्ण सहयोगी हातहरूप्रति आयोजकले हार्दिक आभार, सम्मान तथा धन्यवाद व्यक्त गरेको छ।

यस कार्यक्रमको फिल्ड समन्वय फिल्ड प्रोग्राम तथा वास सुपरभाइजर जोगिन्द्र यादव र कृषि सुपरभाइजर ओम प्रकाश यादव ले गर्नुभएको थियो।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125