Advertisement 1
बुद्धभूमि नगरपालिका, मायाज –
पिस नेपालद्वारा आयोजना गरिएको र रूम टु रिडको सहयोगमा सम्पन्न “प्रधानाध्यापकहरूसँगको साक्षरता तथा अभिमुखीकरण कार्यक्रम” होटल मायाज, बुद्धभूमि नगरपालिकामा सफलतापूर्वक सम्पन्न भयो।
Advertisement 2
कार्यक्रममा बुद्धभूमि नगरपालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरू सहभागी थिए। सहभागीहरूले विद्यालयमा बालबालिकाको साक्षरता अभिवृद्धिमा प्रधानाध्यापकको भूमिकाबारे आवश्यक प्रशिक्षण तथा मार्गनिर्देशन प्राप्त गरे।
Advertisement 3
उक्त कार्यक्रमले स्थानीय विद्यालयहरूमा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास गरिएको छ। साक्षरता अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको सन्देश कार्यक्रमले प्रवाह गरेको थियो।
कार्यक्रममा सहभागीहरूको उत्साह र प्रतिवद्धता उल्लेखनीय रह्यो। कार्यक्रमको समापनमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो



प्रतिक्रिया दिनुहोस्