Advertisement 1
काठमाडौं, २०७८ जेठ १६ – जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नारायणहिटी दरबार संग्रहालय क्षेत्र वरपर निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायद्वारा हस्ताक्षरित सूचनामा आगामी जेठ १७ गते विहान ११ बजेदेखि लागू हुने गरी उक्त आदेश जारी गरिएको हो।
जिल्ला सुरक्षा समितिको निर्णय र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ख) बमोजिम सो निर्णय लिइएको जनाइएको छ। सूचना अनुसार प्रदर्शन, सभा, जुलुस तथा विरोधका कार्यक्रमहरु गर्न नपाइने छ।
Advertisement 2
निषेधाज्ञा लागू हुने क्षेत्रहरू:
नारायणहिटी दरबार दक्षिण गेट आसपास
Advertisement 3
केशरमहल चोकदेखि दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म
महेन्द्र सालिक हुँदै दक्षिण गेटसम्मको क्षेत्र
प्रशासनले जनताको सुरक्षालाई मध्यनजर गर्दै उक्त आदेश दिएको जनाएको छ। आदेशको अवज्ञा गर्ने व्यक्तिमाथि कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।



प्रतिक्रिया दिनुहोस्