२०८३ श्रावण ११
नेपाली समय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक परिसर जलमग्न, यात्रुहरूलाई आवतजावतमा असहज ।

२०८२ असार ९, सोमबार १२:३०

Advertisement 1

रुपन्देही /भैरहवा
लगातारको वर्षाका कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको आन्तरिक पक्ष (डोमेस्टिक टर्मिनल) जलमग्न भएको छ । शनिबार बिहान देखि विमानस्थलको आन्तरिक परिसरमा पानी जमेर समस्या उत्पन्न भएको थियो ।

स्थानीय स्रोतका अनुसार रातिदेखि परेको अविरल वर्षाले विमानस्थलको पार्किङ क्षेत्र, यात्रु प्रतीक्षा कक्ष तथा प्रवेशद्वार वरपरको भागमा पानी जमेको थियो । वर्षापानी निकासी को उचित प्रबन्ध नहुँदा पानी जम्ना ले यात्रुहरूलाई आवतजावतमा असहज भएको छ ।

Advertisement 2

विमानस्थल प्रशासनले पानी हटाउनका लागि पहल सुरु गरिसकेको बताएको छ। यद्यपि, वर्षा नरोकिएसम्म समस्या थपिन सक्ने अनुमान गरिएको छ।

स्थानीय नागरिकहरूले यस्तो अवस्थालाई पूर्वाधार निर्माणको कमजोरीको रूपमा देखेका छन्। करिब ४५ अर्ब रुपैयाँको लागतमा निर्माण गरिएको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको करिब दुई वर्ष नपुग्दै यस्तो समस्या देखिनु चिन्ताजनक भएको उनीहरू बताउँछन्।

Advertisement 3

विमानस्थल प्रशासनले यात्रुहरूलाई धैर्य गर्न अनुरोध गर्दै सम्भव भएसम्मको छिटो व्यवस्था मिलाउने जनाएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125