२०८३ श्रावण ११
नेपाली समय

जनताको घर–आँगनमै पुग्दै आशिष शर्मा

२०८२ माघ १८, आईतवार १०:५१

 

Advertisement 1

कपिलवस्तु । प्रतिनिधिसभा सदस्य उम्मेदवार आशिष शर्माले स्थानीय विकास, जनचासो र आगामी प्राथमिकताबारे प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित जनताको घर–आँगनमै पुग्ने अभियान सुरु गर्ने भएका छन्।

माघ १९ गते सोमबार बिहान ९ बजेदेखि सुरु हुने भेटघाट कार्यक्रम भडसडवाबाट प्रारम्भ भई मौवारी टोल, वनकटवा, भुषाल टोल, घरबुदिया, चेतिया, भड्डिहवा हुँदै पदमपुर, वरवा, चितलपुर, उत्तर चेतिया, हथौसा, देउवापार, मैनहरी, मैरी र मर्थी पार गर्दै ओदारीमा पुगेर समापन हुनेछ।

Advertisement 2

कार्यक्रममा स्थानीय बुवा–आमा, दिदीबहिनी, दाजुभाइ तथा शुभचिन्तकहरूसँग प्रत्यक्ष छलफल, संवाद र सुझाव संकलन गरिनेछ। “जनताको आवाज नै हाम्रो नीति र एजेन्डाको आधार हो,” भन्दै शर्माले यो अभियानलाई जनभावनासँग जोडिएको साझा प्रयासको रूपमा अघि बढाइने बताएका छन्।

जनतासँगै सोच्ने, जनतासँगै हिँड्ने र जनताकै आवाजलाई संसदसम्म पुर्‍याउने संकल्पका साथ गरिएको यो पहलले स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125