२०८३ श्रावण ११
नेपाली समय

जीप चढेर गाउँ छिरे आशिष शर्मा, मायादेवी–७ मा जनताको मन जित्दै घरदैलो”

२०८२ माघ २९, बिहीबार २२:३६

कपिलवस्तु मायादेवी

Advertisement 1

कपिलवस्तु क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार आशिष शर्मा चुनाव चिन्ह ‘जीप’ लिएर यतिबेला प्रत्यक्ष रुपमा जनताको माझ पुगेका छन्। आज उनले मायादेवी गाउँपालिका वडा नम्बर ७ अन्तर्गतका सम्पूर्ण गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा उनले प्रत्येक टोल–टोलमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गरे। जनताका गुनासा, पीडा र अपेक्षा सुन्दै उनले आफ्नो प्रतिबद्धता दोहोर्याए। वर्षौंदेखि उपेक्षित महसुस गरेका स्थानीय बासिन्दाले खुलस्त रूपमा आफ्ना समस्या राखे।
घरदैलोको क्रममा केही स्थानीयले भने, “हामीले जिताएका नेताहरू चुनावपछि फर्केर कहिल्यै आएनन्। हालचाल सोध्नेसम्म कोही आएन। हाम्रो काम सुन्ने त झन् परै जाओस्। तर यसपटक आशिष शर्मा जस्ता युवा स्वतन्त्र उम्मेदवारबाट हामी आशावादी छौँ। हाम्रो मत अमूल्य छ, र यो पटक सही ठाउँमा दिन्छौँ।”
युवा उम्मेदवार शर्माले भने जनताको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो शक्ति मान्दै विकास, पारदर्शिता र प्रत्यक्ष जवाफदेहितालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारको सक्रियता बढेसँगै चुनावी माहोल तातिँदै गएको छ। अब हेर्न बाँकी छ, जनताको यो आशा मतदानको नतिजामा कत्तिको रुपान्तरण हुन्छ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125