२०८३ जेष्ठ २९
नेपाली समय

ट्राभल एजेन्सीको नाममा करोडौं ठगी गर्ने गिरोह पक्राउ — विदेश पठाइदिने बहानामा सर्वसाधारण ठग्ने जालो खुल्यो

२०८२ चैत्र ९, सोमबार २२:१८

काठमाडौं, टेकु

Advertisement 1

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले ट्राभल एजेन्सीमार्फत विदेश पठाइदिने प्रलोभन देखाएर करोडौं रुपैयाँ ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ।

कार्यालयका अनुसार Sheetal Holidays Pvt. Ltd. नामक ट्राभल एजेन्सी प्रयोग गरी युरोप, एसिया तथा अफ्रिकाका विभिन्न देशमा रोजगारीका लागि पठाइदिने भन्दै सर्वसाधारणलाई भ्रममा पारेर रकम असुल्ने कार्य भइरहेको थियो।

Advertisement 2

अनुसन्धानका क्रममा पीडितहरूसँग अत्यन्तै सस्तो शुल्कमा विदेश पठाइदिने भन्दै विश्वास दिलाई रकम उठाउने तर न त विदेश पठाउने, न त पैसा फिर्ता गर्ने जस्ता गतिविधि भएको खुलेको छ।

प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानपछि संलग्न ६ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मुख्य योजनाकारसहित भारतीय नागरिकहरू समेत रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी परिसर भद्रकाली पठाइएको छ।

Advertisement 3

पक्राउ पर्ने व्यक्तिहरू:

विवेक सेमी (२६)

हुसेन सैयद (३२)

साजिद ओमर सैयद (४४)

महम्मद इमरान (३४)

मिर खालिद हुसेन (३३)

रजाक महम्मद (४०)

प्रहरीले यस्तो ठगीबाट जोगिन सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै कुनै पनि ट्राभल एजेन्सीमार्फत विदेश जानुअघि आवश्यक प्रमाण र आधिकारिकता जाँच गर्न सुझाव दिएको छ।

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125