२०८३ जेष्ठ २९
नेपाली समय

महाराजगञ्ज–२ वर्गादामा तनावपछि कडा एक्सन: विद्युतीय अपराध र सार्वजनिक शान्ति भंगमा ४ जना पक्राउ

२०८२ चैत्र १२, बिहीबार १२:५७

 

Advertisement 1

कपिलवस्तु, तौलिहवा:

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु ले महाराजगञ्ज नगरपालिका–२ वर्गादामा उत्पन्न धार्मिक तथा सामाजिक तनावपछि कडा कदम चालेको छ। घटनासँग जोडिएका दुई छुट्टाछुट्टै कसुरमा कुल ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Advertisement 2

प्रहरीका अनुसार, काली मन्दिरमा तोडफोड र हिन्दु–मुस्लिम समुदायबीच विवाद सिर्जना गर्ने खालका भ्रामक सामग्री सामाजिक सञ्जालमा फैलाएको आरोपमा २ जनालाई विद्युतीय अपराध (Electronic Transaction Act) अन्तर्गत पक्राउ गरिएको हो। पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–६ का मुस्ताक नाउ र कपिलवस्तु नगरपालिका–४ का जितेन्द्र कहार रहेका छन्। उनीहरूमाथि जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

त्यस्तै, सोही घटनालाई लिएर सार्वजनिक स्थलमै मोटरसाइकल रोकेर कुटपिट, तोडफोड तथा आतंक सिर्जना गरेको आरोपमा थप २ जनालाई सार्वजनिक शान्ति खलल पार्ने कसुर अन्तर्गत नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–४ का दुर्गेश यादव र पवन कुमार गुप्ता रहेका छन्।

Advertisement 3

प्रहरीले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, धार्मिक वा साम्प्रदायिक द्वन्द्व भड्काउने गतिविधि नगर्न सबैलाई कडा चेतावनी दिएको छ। यस्ता गतिविधि गरेमा प्रचलित कानुन अनुसार कडा कारबाही हुने स्पष्ट पारिएको छ।

घटनापछि क्षेत्रको अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ भने सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको छ।कानून व्यवस्था माथि आस्था र विश्वास रखनु होश कानून कसाई लाई छोड् दिना।

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125