२०८३ जेष्ठ २९
नेपाली समय

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्षको दादागिरी: सशस्त्र प्रहरीमाथि कुटपिट, हिरासतमा!

२०८२ चैत्र २३, सोमबार २३:१०

 

Advertisement 1

कपिलवस्तु, सोमबार — कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी सशस्त्र प्रहरीका बरिष्ठ हवल्दारमाथि हातपात गरेको आरोपमा पक्राउ परेका छन्।

घटना सोमबार बिहान सुद्धोधन गाउँपालिका–५ स्थित शिवलवा दोहनी सीमा नाकामा भएको हो। भारतबाट ल्याइएको सामानको नियमित सुरक्षा जाँचका क्रममा विवाद चर्किँदा उपाध्यक्ष चौधरीले बिओपी हथिहवा क्याम्पमा कार्यरत बरिष्ठ हवल्दार भिमबहादुर चौधरीमाथि कुटपिट गरेका थिए।

Advertisement 2

सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार, “सुरक्षा जाँच गरिरहेको अवस्थामा उपाध्यक्षले आक्रोशित हुँदै हवल्दारमाथि हातपात गरेका हुन्।” घटनापछि चौधरीविरुद्ध किटानी जाहेरी दिने तयारी भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले उपाध्यक्ष चौधरीलाई नियन्त्रणमा लिइएको पुष्टि गर्दै सशस्त्र प्रहरीबाट जाहेरी आएपछि कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिए।

Advertisement 3

सिसिटिभी फुटेजले पनि पुष्टि गर्‍यो

घटनाको सिसिटिभी फुटेजमा समेत उपाध्यक्ष चौधरीले सुरक्षाकर्मीमाथि हातपात गरेको स्पष्ट देखिएको छ।

सार्वजनिक पदमा बसेका व्यक्तिबाटै कानून उल्लंघन भएपछि स्थानीय स्तरमा तीव्र आलोचना सुरु भएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125