२०८२ पुष १३
नेपाली समय

नेपाली कांग्रेस क्षेत्रीय समितिको एकतर्फी निर्णयविरुद्ध आवाज, कार्यकर्ताद्वारा नयाँ उम्मेदवार सिफारिस घोषणा

२०८२ मंसिर २५, बुधबार २१:१६

 

Advertisement 1

मर्चवार/मङ्सिर २४

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ४ मा उम्मेदवार सिफारिसका विषयमा उत्पन्न विवादपछि मर्चवारीमाई माई मन्दिरको सभाहलमा बुधवार आयोजित भेलाले प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभा सदस्य पदका लागि नयाँ नामसमेत सिफारिस गरेको छ।

बुधवार मर्चवारीमाई माई मन्दिरको सभाहलमा मर्चवारीमाई सभापति जनार्दन यादवको अध्यक्षतामा बसेको विशेष भेलाले नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ४ का लागि विभिन्न तहका उम्मेदवार सिफारिस गरेको छ। बैठकले प्रत्यक्षतर्फ महाधिवेशन प्रतिनिधि आसुतोष कुमार मिश्र र सियारी गाउँपालिका सभापति गोपाल पाण्डेको नाम सिफारिस गरेको छ।

Advertisement 2

त्यसैगरी समानुपातिक तर्फ राजकुमार सिंह र कोटाहीमाई गाउँपालिका सभापति अवधराम यादवको नाम प्रस्ताव गरिएको छ। राष्ट्रिय सभा सदस्यतर्फ भने जिल्ला सदस्य तौलन मुसलमान र कृष्ण कुमारी पोख्रेल भट्टराईको नाम सिफारिस गरिएको बैठकले जनाएको छ।

सभापति जनार्दन यादवका अनुसार संसदीय निर्वाचन क्षेत्र नं ४ को क्षेत्रीय कार्यसमितिले कार्यकर्तालाई जानकारी नै नदिई एकतर्फी रूपमा उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएकोले नेपाली काङ्ग्रेसका कार्यकर्तामा गम्भीर असन्तोष उत्पन्न भएको थियो। यही असन्तोषका कारण भेला आयोजना गर्नु आवश्यक भएको उनले बताए।

Advertisement 3

उनका अनुसार क्रियाशील सदस्य नवीकरणको प्रक्रियामा समेत मनपरी व्यवहार देखिएको छ। नवीकरण फारम पर्याप्त मात्रामा नदिई धेरै कार्यकर्तालाई नवीकरणबाट वञ्चित गरिएको आरोप लगाउँदै यादवले यस विषयमा जिल्ला कार्यसमितिले छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेश सभा सदस्य वसिउदिन खान, मायादेवी गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरी, सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तव, महाधिवेशन सदस्य बिन्दवासनी विश्वकर्मा, वडा नं ४ का अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि दिवाकर प्रसाद दुबे, जिल्ला सदस्य तौलान मुसलमान, सम्मरीमाई गाउँपालिका उपाध्यक्ष तथा जिल्ला सदस्य प्रियंका सिंह शाही, सभापति रमेश यादव लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा ८ जना महाधिवेशन प्रतिनिधि, ४ गाउँपालिका सभापति तथा अन्य पार्टी पदाधिकारीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

 
धेरै पढिएको

सम्बन्धित समाचार