
Advertisement 1
रुपन्देही/पुस ८ गते
कोटहीमाई गाउँपालिका वडा नं. ५, मझगावाँका ५८ वर्षीय बङ्गुर (लम्बु) हरिजनको चिसोका कारण मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय मझगावाँका अनुसार, हरिजन लुम्बिनीस्थित महिलवारबाट औषधि उपचार गराई घर फर्किने क्रममा अत्यधिक चिसोले बाटोमै ढलेका थिए। प्रहरी निरीक्षक तपेन्द्र विष्टका अनुसार, मृतक दुईमोहान पुल नजिक साँझ करिब ४ः३० बजे असामान्य अवस्थामा फेला परेका थिए। “पुल नजिक सशस्त्र प्रहरी बलको ड्युटी स्थल नजिक पुग्दा हामी दौडेर पुगेका थियौँ। उनले एक–दुई पटक सास फेर्नुभयो तर त्यसपछि सास रोकियो,” एक जवानले घटनाबारे जानकारी दिनुभयो।
Advertisement 2
परिवारका अनुसार, मृतकले मंगलबार दुईमोहान बजारबाट परिवारको लागि तरकारी किनेर घर फर्किनु भएको थियो। अत्यधिक चिसोको कारण बाटोमै ढलेर मृत्यु भएको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ । स्थानीय प्रशासनले यस्ता परिस्थितिमा वृद्ध र कमजोर व्यक्तिहरूलाई चिसोबाट बच्न सतर्क रहन र आवश्यक स्वास्थ्य सतर्कता ध्यान दिन आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस्