
Advertisement 1
धनन्जय कुमार उपाध्याय/रुपन्देही
सम्मरीमाई गाउँपालिकाको आयोजनामा श्री थुम्हवा पिपराहवा आधारभूत विद्यालयमा एक दिने निःशुल्क आँखा जाँच तथा मोतियाविन्द अपरेसन सम्बन्धी शिविर सफलतापूर्वक सम्पन्न भएको छ। सम्मरीमाई गाउँपालिकाको आयोजनामा मिति २०८२ साल मङ्सिर २६ गते शुक्रबार श्री थुम्हवा पिपराहवा आधारभूत विद्यालयको परिसरमा एक दिने निःशुल्क आँखा जाँच तथा मोतियाविन्द अपरेसन सम्बन्धी शिविर सम्पन्न भएको हो। शिविर बिहान ९ बजेदेखि साँझ ३ बजेसम्म सञ्चालन गरिएको थियो।
Advertisement 2

कार्यक्रमको उद्घाटन सत्रमा सम्मरीमाई गाउँपालिका वडा नं ३ का अध्यक्ष अदहम अली देवानले शुभकामना मन्तव्य व्यक्त गर्दै ग्रामीण भेगका नागरिकलाई लक्षित यस्ता स्वास्थ्य शिविरले जनस्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले आगामी दिनमा पनि गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
Advertisement 3
थुम्हवा पिपराहवा स्वास्थ्य चौकीको समन्वयमा सम्पन्न उक्त शिविरमा श्री ऋण अम्बिका शाह आँखा अस्पताल लुम्बिनी नेत्र विज्ञान अध्ययन अनुसन्धान तथा रिसर्च सेन्टरको प्राविधिक सहयोग रहेको थियो।शिविरमा जम्मा २०५ जनाको आँखा जाँच गरिएको थियो। जाँच गरिएका मध्ये ४५ जना मोतियाविन्द शल्यक्रियाका लागि योग्य ठहरिएका छन् भने उच्च रक्तचाप तथा मधुमेहका कारण १५ जनालाई थप उपचारका लागि चिकित्सक कहाँ रिफर गरिएको आयोजकले जनाएको हो ।स्थानीयवासीले आफ्नै क्षेत्रमा निःशुल्क सेवा पाउँदा खुशी व्यक्त गर्दै आयोजक निकायप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस्