२०८२ पुष १३
नेपाली समय

रोहिणी–२ मा ५ दिने श्री धनुष महायज्ञ सुरु, मेला तथा परम्परागत खेलकुद मुख्य आकर्षण ।

२०८२ मंसिर २९, आईतवार १७:०६

Advertisement 1

सतेन्द्र मिश्र/मिति २०८२/०८/२८

रोहिणी गाउँपालिका वडा नं. २ मा मिति २०८२/०८/२४ गते बुधबारदेखि २०८२/०८/२८ गते आइतबारसम्म पाँच दिने श्री धनुष महायज्ञ कार्यक्रम आयोजना हुने भएको छ। विगत २९ वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको यो धार्मिक तथा सांस्कृतिक महायज्ञ यस वर्ष ३०औँ वर्षमा प्रवेश गरेको आयोजक समितिले जनाएको छ।

Advertisement 2

महायज्ञअन्तर्गत मंसिर २८ गते विशेष मेला आयोजना गरिनेछ, जसमा भेडा कुस्ती, रस्सा तानातान लगायत विभिन्न परम्परागत खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरू रहनेछन्। मेला संयोजक रोहिणी–२ का पूर्व वडा अध्यक्ष एवं पूर्व प्रवक्ता सरोज कुमार पाण्डेय रहेका छन्। मेला अध्यक्ष अम्ब्रीश पाण्डेय, उपाध्यक्ष जितेन्द्र बहादुर चौधरी तथा एडभाइजर इस्लाम निजामी रहेका छन्।

आयोजक संयोजक पाण्डेयले रोहिणी गाउँपालिकाबाट महायज्ञका लागि कुनै पनि प्रकारको सहयोग प्राप्त नभएको गुनासो व्यक्त गरेका छन्। यद्यपि स्थानीय जनताले सरोज कुमार पाण्डेयलाई जनताको हितमा दिन–रात सेवा गर्दै आइरहेका जनप्रिय नेताका रूपमा चित्रण गरेका छन्। चुनाव जिते वा हारे पनि सधैँ जनताको सेवामा समर्पित रहने उनको प्रतिबद्धताको स्थानीयवासीहरूले खुलेर प्रशंसा गरेका छन्।

Advertisement 3

महायज्ञ सफल बनाउन मूल समितिमा हसामुद्दिन अली, इमरान खान, अप्सरा नायक, जमील अजहर खान ‘भुटु’, रामनरेश चौहान, भुवाल चौहान, विन्दा हरिजन, वीरेन्द्र पाण्डेय, पंकज पाण्डेय र दीपेन्द्र पाण्डेय रहेका छन्। यसैगरी बुद्धिजीवीको रूपमा बृजेश पाण्डेय, सुल्तान खान, प्रदीप पाण्डेय र महेन्द्र चौधरीको सहभागिता रहेको छ।

आयोजक समितिले धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञ तथा मेलामा सहभागी भई कार्यक्रम सफल बनाउन सम्पूर्ण श्रद्धालु तथा सर्वसाधारणलाई आग्रह गरेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार