
Advertisement 1
धनन्जय कुमार उपाध्याय/रुपन्देही
बङ्गलादेशमा दिपु चन्द दासको निर्मम ह*त्या गरी नाङ्गो जला*इएको घटनाप्रति गहिरो दुःख र आक्रोश व्यक्त गर्दै बजरंग दल मर्चवारले कोटाहीमाई गाउँपालिका वडा नं ५ मझगावामा विरोध प्रदर्शन तथा दीप प्रज्वलन गरेको छ ।बङ्गलादेशमा भएको अमानवीय घटनाप्रति न्यायको माग गर्दै बजरंग दल मर्चवारको आयोजनामा आइतबार रुपन्देहीको मर्चवार कोटाहीमाई गाउँपालिका वडा नं ५ मझगावामा विरोध प्रदर्शन तथा दीप प्रज्वलन गरेर स्थानीय हरू द्वारा दुःख प्रकट गरेका छन् ।
Advertisement 2

कार्यक्रममा सहभागीहरूले शान्तिपूर्ण ढंगले मृतक दिपु चन्द दासप्रति श्रद्धाञ्जली अर्पण गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। कार्यक्रममा बजरंग दल मर्चवारका अध्यक्ष चन्दन तिवारीले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै भने, “निर्दोष व्यक्तिमाथि गरिएको यस्तो अमानवीय हिंसा मानवतामाथिको गम्भीर प्रहार हो। पीडित परिवारप्रति हाम्रो गहिरो समवेदना छ। अन्तर्राष्ट्रिय समुदायले यस्ता घटनाप्रति मौन बस्नु हुँदैन र दोषीलाई कानुनको कठघरामा ल्याउन पहल गर्नुपर्छ।” उनले शान्ति, सहअस्तित्व र मानव अधिकारको सम्मानका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
Advertisement 3

दीप प्रज्वलनका क्रममा सहभागीहरूले मौन धारण गरी मृतकको आत्माको चिरशान्तिको कामना गरेका थिए। कार्यक्रममा स्थानीय कर्मचारी, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका सर्वसाधारणको उपस्थिति रहेको थियो। उपस्थित जनसमुदायले शान्तिपूर्ण तर दृढ आवाजमार्फत न्याय र मानवताका पक्षमा ऐक्यबद्धता जनाएका थिए।आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले पीडितप्रति सम्मान व्यक्त गर्नुका साथै हिंसाविरुद्ध सामाजिक चेतना अभिवृद्धि गर्ने विश्वास लिइएको छ।



प्रतिक्रिया दिनुहोस्