२०८३ श्रावण १२
नेपाली समय

कृषि कर्ममा पनि सक्रिय युवा नेता आशिष शर्मा

२०८२ माघ २०, मंगलवार १६:१०

कपिलवस्तु । प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार आशिष शर्मा केवल राजनीतिक भाषणमा सीमित छैनन्, उनी व्यवहारमै किसानको पीडा र श्रम बुझ्ने नेता हुन् भन्ने कुरा फेरि एकपटक देखिएको छ।
बाणगंगा नगरपालिका–११, भड्सडवास्थित आफ्नै खेतमा करिब ढाई विगाहा क्षेत्रफलमा आधुनिक मेसिन प्रयोग गरेर चिनियाँ लसुन रोप्दै गरेका शर्माको तस्बिर अहिले सार्वजनिक भएको छ। खेतमै पसिना बगाउँदै लसुन रोपिरहेका शर्माले “किसानको सम्मान भाषणले होइन, कर्मले हुन्छ” भन्ने सन्देश दिएका छन्।
यसअघि पनि शर्माले स्थानीय कृषि, रोजगारी र आत्मनिर्भर अर्थतन्त्रलाई आफ्नो राजनीतिक एजेन्डाको केन्द्रमा राख्दै आएका थिए। अहिले उनी आफैं खेतमा उत्रिनु त्यो प्रतिबद्धताको निरन्तरता हो।
युवा नेता शर्माले परम्परागत खेतीसँगै मेसिनाइज्ड र व्यावसायिक कृषि नै आजको आवश्यकता भएको बताउँदै आएका छन्।
कपिलवस्तु क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभा सदस्यको चुनाव लडिरहेका शर्माको चुनाव चिन्ह ‘जीप’ रहेको छ। उनी आफूलाई जनताको नेता होइन, जनताकै साथी र सहयात्रीका रूपमा प्रस्तुत गर्दै आएका छन्।
स्थानीयवासीका अनुसार राजनीति र व्यवहारबीच दूरी घटाउने नेता आजको आवश्यकता हो, र शर्माको यो कृषि कर्मले त्यो दूरी मेट्ने प्रयास गरेको देखिन्छ।
शर्माले भनेका छन्,
“देश बदल्न चाहिन्छ भने खेत, पसिना र श्रमको सम्मान गर्नैपर्छ। जय किसान !”
👉 जय किसान ! जय श्रम !

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125