२०८३ बैशाख ३
नेपाली समय

लुम्बिनी र कोशीमा तीव्र हावाहुरीको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

२०८२ चैत्र ५, बिहीबार २३:५९

काठमाडौं, ५ चैत — देशका विभिन्न क्षेत्रमा मौसम अस्थिर बन्दै जाँदा जल तथा मौसम विज्ञान विभाग ले लुम्बिनी र कोशी प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार चैत ६ र ७ गते विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
विभागले सार्वजनिक गरेको सूचनाअनुसार लुम्बिनी प्रदेश र कोशी प्रदेश का विभिन्न स्थानमा हावाहुरीको गति करिब ११९ किलोमिटर प्रतिघण्टा सम्म पुग्न सक्ने अनुमान गरिएको छ।
हावाहुरीका कारण रुख ढल्ने, कच्ची तथा कमजोर संरचनामा क्षति पुग्ने, घरका छाना उड्ने तथा विद्युत र सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिम रहेको विभागले जनाएको छ। विशेषगरी दाङ, नेपालगञ्ज लगायतका तराई क्षेत्रहरू बढी प्रभावित हुन सक्ने उल्लेख गरिएको छ।
यस अवस्थालाई ध्यानमा राख्दै विभागले सर्वसाधारणलाई अनावश्यक रूपमा बाहिर ननिस्कन, रूख तथा बिजुलीका पोलबाट टाढा रहन, तथा आवश्यक सुरक्षात्मक उपायहरू अपनाउन आग्रह गरेको छ। साथै, सम्भावित आपतकालीन अवस्थाका लागि पूर्वतयारी अवस्थामा रहन पनि अनुरोध गरिएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार