
सम्मरीमाई गाउँपालिका वडा नं ६ डिहुलिमा स्थित मदरसा दारुत्तालिम अल-ईब्तेदाईयामा विद्यालय व्यवस्थापन समिति निर्विरोध गठन गरिएको छ। सम्मरीमाई गाउँपालिका वडा नं ६ डिहुलिमा रहेको मदरसा दारुत्तालिम अल-ईब्तेदाईयामा विद्यालय व्यवस्थापन समितिको सदस्य चयन प्रक्रिया सम्पन्न बिहीबार सम्पन्न भएको हो । उक्त प्रक्रियाअनुसार मुख्तार मुसलमान, सहबुद्दिन जोल्हा, अजमेरुन निसा जोल्हा र मोमीना खातुन गरी चारजना सदस्य निर्विरोध चयन हुनुभएको छ।
Advertisement 1
कार्यक्रममा सम्मरीमाई गाउँपालिका उपाध्यक्ष तथा प्रमुख अतिथि प्रियंका सिंह शाहीले नवगठित विद्यालय व्यवस्थापन समितिलाई शुभकामना मन्तव्य राख्दै शिक्षाको विकासमा समुदायको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले मदरसाको शैक्षिक गुणस्तर सुधार र समग्र विकासका लागि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक मुमताज मुसलमानले पनि शुभकामना मन्तव्य राख्दै नवगठित समितिसँग सहकार्य गर्दै मदरसाको शैक्षिक उन्नयनमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रमको समापन सम्मरीमाई गाउँपालिका वडा नं ६ का सचिव मेघु धवलले गर्नुभएको थियो भने कार्यक्रमको उद्घोषक श्री मन्झरिया आधारभूत विद्यालयका प्रधानाध्यापक प्रमोद यादवले गर्नुभएको थियो।
Advertisement 2
कार्यक्रममा सम्मरीमाई गाउँपालिका उपाध्यक्ष प्रियंका सिंह शाही, कृषि शाखा प्रमुख सुरज पाण्डे, शिक्षा शाखा प्रमुख रामदास गौड, वडा सचिव मेघु धवल, वडा नं ७ का सदस्य बकसिस मुसलमान, समाजसेवी मो. आरिफ खान लगायत विभिन्न मदरसा विद्यालयका प्रधानाध्यापक तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।



प्रतिक्रिया दिनुहोस्